

भारतीय यात्रुवहाक बस मर्स्याङ्दी नदीमा खस्यो, बसमा करिब ४० जना यात्रु रहेको उल्लेख



काठमाडौँ | तनहुँको आँबुखैरेनी गाउँपालिका-२ स्थित ऐना पहराबाट भारतीय यात्रुवहाक बस मर्स्याङ्दी नदीमा खसेको छ। आज बिहान ११:३० बजे बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ। यो पृथ्वी राजमार्गको मुग्लिन-आँबुखैरेनी सडकखण्डमा पर्छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी दीपककुमार रायका अनुसारयुपी ५३ एफटी ७६२३ नम्बरको बस पोखराबाट काठमाडौँ आउँदै गर्दा दुर्घटनामा परेको हो। बसमा करिब ४० जना यात्रु रहेको जानकारी पाएको उनले बताए।
प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उद्धारको काम भइरहेको उनले बताए।
सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार १० जना यात्रुको मृत्यु भइसकेको छ। दुर्घटना स्थलमा उद्धारका लागि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको नेतृत्वमा ४५ जना फौज खटिएको उनले बताए।


खबर सबै
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक






प्रतिक्रिया