

बंगलादेशलाई हराउदै नेपाल समुह विजेता

काठमाडौँ । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपालले बंगलादेशलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा नेपालले बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
नेपालको जितमा समीर तामाङ र निराजन धामीले एक एक गोल गरेका थिए भने बंगलादेशका मिराजुल इस्लामले एक गोल फर्काएका थिए ।
यो जितपछि नेपाल समुह ए को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो ।
अब शुक्रबार समुह चरणको अन्तिम खेल समुह बी को भारत र माल्दिभ्सबीच खेल हुदै छ । अब सेमिफाइनलको समीकरण शुक्रबारको सो खेलपछि हुने भएको छ ।
समुह बी बाट भारतर भुटानले एक एक खेल जितेका छन् भने माल्दिभ्सले एक खेलमा हार बेहोरेको छ ।


खबर सबै
-
लुम्बिनी प्रदेशसभामा प्रतिपक्षी सांसदको अवरोध, मुख्यमन्त्रीको विशेष सम्बोधनपछि बैठक सुचारु
-
पाल्पाबाट दालचिनी निर्यात उच्च
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु
-
बुटवल आएका प्रचण्डले भने, ‘सरकारका सय दिन उपलब्धीशून्य’






प्रतिक्रिया