

रातो खुर्सानी : वस्तु एक, फाइदा अनेक !




काठमाडौं : सामान्यतया व्यञ्जनलाई चखिलो र स्वादिष्ठ बनाउन रातो खुर्सानीको उपयोग गरिन्छ । तर यो भिटामिन ‘सी’ को ठूलो स्रोत मात्र नभई यसमा पाइने यौगिक क्यान्सर र आर्थराइटिस (जोर्नीमा दुखाइ वा गठिया) जस्तो रोगको रोकथाममा समेत प्रभावकारी छ ।
ब्रिटिस न्युट्रिसन फाउन्डेसनका बिग्रेट बेनेलमका अनुसार सुन्तला वा अन्य रसिलो फल (साइृट्रस)को दाँजोमा रातो खुर्सानीमा भिटामिन ‘सी’ तीन गुणा बढी मात्रामा पाइन्छ । यसबाहेक यसमा वनस्पति रसायन लाइकोपिन, बिटा क्यारोटिन र जिजेन्थिनजस्ता पिगमेन्टसमेत पाइन्छ । यसमा फोलिक एसिड, पोटेसियम र फलाम पनि प्रशस्त मात्रामा हुन्छ ।
रातो खुर्सानीमा प्रशस्त मात्रामा रहेको बिटा क्यारोटिन र लाइकोपिन नाम गरेको रसायनले क्यान्सर रोकथाम गर्न सहयोगी हुन्छ । बेलायती अनुसन्धानकर्ताहरूले प्रशस्त मात्रामा लाइकोपिन भएको भोजन गर्ने २१ व्यक्तिलाई अध्ययनमा सामेल गरे । उनीहरूमा प्रोस्टेट क्यान्सरको खतरा ११ देखि १९ प्रतिशतसम्म कम पाइयो ।
म्यानचेस्टरका अनुसन्धाताका अनुसार रातो खुर्सानीमा पाइने भिटामिन ‘सी’ तथा बिटा क्रिप्टोजेथिन बिटा क्यारोटिन नाम गरेको एन्टिआक्सिडेन्ट गठियाको रोकथाममा सहयोगी हुन्छ । आर्थराइटिस पीडित व्यक्तिले यी यौगिक लिएपछि उनीहरूको रोगमा ४० प्रतिशतसम्म कमी देखियो ।
सरे विश्वविद्यालयका अनुसन्धानकर्ता डा. मार्गरेट रेमनका अनुसार रातो खुर्सार्नीमा प्रचुर मात्रामा बिटा क्यारोटिन हुन्छ । यही बिटा क्यारोटिनलाई हाम्रो शरीरले भिटामिन ‘ए’ मा परिवर्तित गर्छ । भिटामिन ‘ए’ प्रजननतन्त्रलाई बलियो बनाउनुको साथै सेक्स हार्मोन (टेस्टोस्टेरोन र प्रोजेस्ट्रोन) को निर्माणमा सहयोगी हुन्छ ।
कोलेस्ट्रोललाई मुटु रोगको जरो मानिन्छ । रातो खुर्सानीमा भएको पिगमेन्ट बिटा क्यारोटिन र लाइकोपिन कोलेस्ट्रोलको स्तर ५.९ प्रतिशतसम्म कम गर्न सहयोगी हुन्छ । यस बाहेको यो पिगमेन्ट खराब कोलेस्ट्रोलको स्तर १२.९ प्रतिशतसम्म कमी ल्याउँछन् ।
रातो खुर्सानीमा पाइने भिटामिन ‘सी’ बाहेक रातो र पहेंलो पिगमेन्ट अन्धोपना रोक्न सहयोगी हुन्छ । अनुसन्धान अनुसार भेडे खुर्सानी खानेहरूमा बुढेसकालमा आँखाको क्षति हुने घटना कम पाइयो ।


खबर सबै
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध
-
युनाइटेड स्टुडेन्ट एकेडेमीमा १६औँ वार्षिकोत्सव : वार्षिक नतिजा प्रकाशन, चार पुर्व उप-सचिवहरुलाई सम्मान,











प्रतिक्रिया