

मूल्यवृद्धि पाँच दशमलव ४४ प्रतिशत, आयात र निर्यात दुवै घट्यो



नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार, आर्थिक वर्ष २०८०/८१ को वार्षिक औसत मुद्रास्फीति ५ दशमलव ४४ प्रतिशत रहेको छ। रिपोर्टका अनुसार, मूल्यवृद्धि नियन्त्रणमा रहेको जनाइएको छ।
राष्ट्र बैङ्कले यस आर्थिक वर्षमा आयात एक दशमलव दुई प्रतिशत र निर्यात तीन प्रतिशतले घटेको जानकारी दिएको छ। अघिल्लो आर्थिक वर्षमा भने आयात १६ दशमलव एक प्रतिशत र निर्यात २१ दशमलव चार प्रतिशतले घटेका थिए।
विप्रेषण आप्रवाहमा १६ दशमलव पाँच प्रतिशतको वृद्धिसँगै १४ खर्ब ४५ अर्ब ३२ करोड पुगेको छ। यसका साथै, शोधनान्तर स्थिति पाँच खर्ब दुई अर्ब ४९ करोडको बचतमा रहेको छ, जुन अघिल्लो वर्षको दुई खर्ब ८५ अर्ब ८२ करोडको तुलनामा निकै बढी हो।
कूल विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलरमा पुगेको छ, जसले १३ महिनाको वस्तु तथा सेवा आयातलाई सम्हाल्न पर्याप्त रहेको बताइएको छ। यो अवधिमा विस्तृत मुद्राप्रदाय १३ प्रतिशतले वृद्धि भएको छ।
बैङ्क तथा वित्तीय संस्थाहरूको निक्षेप सङ्कलन १३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा पाँच दशमलव आठ प्रतिशतले वृद्धि भएको छ। गत असार मसान्तमा, बैङ्क तथा वित्तीय संस्थामा रहेको कूल निक्षेप रु ६४ खर्ब ५२ अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा रु ५० खर्ब ७४ अर्ब पुगेको छ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया