

मूल्यवृद्धि पाँच दशमलव ४४ प्रतिशत, आयात र निर्यात दुवै घट्यो



नेपाल राष्ट्र बैङ्कले आइतबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार, आर्थिक वर्ष २०८०/८१ को वार्षिक औसत मुद्रास्फीति ५ दशमलव ४४ प्रतिशत रहेको छ। रिपोर्टका अनुसार, मूल्यवृद्धि नियन्त्रणमा रहेको जनाइएको छ।
राष्ट्र बैङ्कले यस आर्थिक वर्षमा आयात एक दशमलव दुई प्रतिशत र निर्यात तीन प्रतिशतले घटेको जानकारी दिएको छ। अघिल्लो आर्थिक वर्षमा भने आयात १६ दशमलव एक प्रतिशत र निर्यात २१ दशमलव चार प्रतिशतले घटेका थिए।
विप्रेषण आप्रवाहमा १६ दशमलव पाँच प्रतिशतको वृद्धिसँगै १४ खर्ब ४५ अर्ब ३२ करोड पुगेको छ। यसका साथै, शोधनान्तर स्थिति पाँच खर्ब दुई अर्ब ४९ करोडको बचतमा रहेको छ, जुन अघिल्लो वर्षको दुई खर्ब ८५ अर्ब ८२ करोडको तुलनामा निकै बढी हो।
कूल विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलरमा पुगेको छ, जसले १३ महिनाको वस्तु तथा सेवा आयातलाई सम्हाल्न पर्याप्त रहेको बताइएको छ। यो अवधिमा विस्तृत मुद्राप्रदाय १३ प्रतिशतले वृद्धि भएको छ।
बैङ्क तथा वित्तीय संस्थाहरूको निक्षेप सङ्कलन १३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा पाँच दशमलव आठ प्रतिशतले वृद्धि भएको छ। गत असार मसान्तमा, बैङ्क तथा वित्तीय संस्थामा रहेको कूल निक्षेप रु ६४ खर्ब ५२ अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा रु ५० खर्ब ७४ अर्ब पुगेको छ।


खबर सबै
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित







प्रतिक्रिया