

साफ यू-२० च्याम्पियनसीप आजदेखि : उद्घाटन खेलमा नेपाल र श्रीलंका खेल्दै


काठमाडौं : आजदेखि साफ यू-२० च्याम्पियनसीप शुरु हुदै छ । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू-२० च्याम्पियनसीपको समुह चरणका सबै खेल एन्फा कम्प्लेक्समा हुने बताएको छ ।
यस अघि दशरथ रंगशाला र च्यासलस्थित स्टेडियममा हुने भनिएपनि अब समुह चरणका सबै खेल एन्फा कम्प्लेक्समा हुने भएको हो । आज प्रतियोगिताको उद्घाटन खेलमा श्रीलंका र नेपाल खेल्ने तालिका रहेको छ । यो खेल अपराह्न ३ बजेदेखि शुरु हुने छ । एन्फाले यस अघि प्रतियोगिताका लागि दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स गरी तीन स्थान तय गरेको थियो । तर, च्यासल मैदानमा बाढी पसेपछि खेल सञ्चालन गर्न नसकिने अवस्था आएको छ भने दशरथ रंगशाला पनि बर्षाले हिलाम्मे रहेको छ ।
साफले दशरथ रंगशाला र एन्फा कम्प्लेक्सको मैदानलाई आयोजना स्थलको स्विकृती दिएर खेल तालिका समेत जारी गरेपनि गत मंगलबार भुटानको पारो एफसी र नेपालको चर्च ब्वाईज बीचको खेल सञ्चालन हुँदा मैदान पूर्ण रुपमा खराब भएपछि एन्फाले समुह चरणका खेलहरु एन्फा क्मप्लेक्समा र सेमिफाइनल र फाइनल खेल दशरथ रंगशालामा हुने भएको छ । साफ यू-२० मा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, माल्दिभ्स र भुटान गरि ६ देशले भाग लिदै छन् । जसमा समुह ए मा नेपाल, बंगलादेश र श्रीलंका रहेका छन् भने समुह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन् ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया