

बाणगंगाकाे पिपरा अस्पतालले थाल्याे पाेस्ट मार्टम सेवा





जितपुर । कपिलवस्तुको बाणगंगा नगरपालिकाद्धारा संचालित पिपरा अस्पतालमा पोष्टमार्टम सेवा सुरु भएको छ । नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को योजनाहरु मध्ये प्राथमिकतामा रहेको पिपरा अस्पतालमा आजदेखि पोष्टमोर्टम सेवा सुचारू भएको हो ।
अस्पतालका चिकित्सकहरु डा. गणेश क्षेत्री, डा. सुदिप पौडेल लगायतको टिमले वडा नं ९ को एक शव पोष्टमोर्ट्म गरी सेवा सुरु गरेका थिए । सो अवसरमा नगर प्रमुख चक्रपाणी अर्याल, स्वास्थ्य शाखा, प्रमुख ठगराज पौडेल लगायतको पनि सहभागिता थियो ।
नगरको यस कार्यमा अस्पताल व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालय, कपिलवस्तु, जिल्ला प्रहरी कार्यालय, कपिलवस्तु, इलाका प्रहरी कार्यालय पिपरा लगायतका कर्मचारीबाट सहयोग भएको भन्दै नगर प्रमुख अर्याललआगामी दिनमा अस्पतालको सेवा प्रवाहलाई थप सुदृढीकरण गर्दै लैजाने अस्पतालले जनाएको छ ।
सेवा सुरु भएको प्रति लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले पनि खुसी ब्यक्त गर्दै धन्यबाद दिएका छन् ।
यसैबीच अस्पतालमा संघीय स्वास्थ्य मन्त्रालयबाट करिव ३५ लाख वरावरको स्वास्थ्य मेसेनरी औजार पनि प्राप्त भएको स्वास्थ्य शाखा प्रमुख पौडेलले बताए । उनका अनुसार महिला रोग विशेषज्ञ सहितको सेवा ‘CEONC’ को सेवाको लागि सरकारबाट ३४ लाख बजेट पनि प्राप्त भएको छ । नगरप्रमुख अर्यालको पहलबाट उक्त सेवा सामाग्री प्राप्त भएको पौडेलले बताए ।


खबर सबै
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल











प्रतिक्रिया