
बाणगंगाकाे पिपरा अस्पतालले थाल्याे पाेस्ट मार्टम सेवा




जितपुर । कपिलवस्तुको बाणगंगा नगरपालिकाद्धारा संचालित पिपरा अस्पतालमा पोष्टमार्टम सेवा सुरु भएको छ । नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को योजनाहरु मध्ये प्राथमिकतामा रहेको पिपरा अस्पतालमा आजदेखि पोष्टमोर्टम सेवा सुचारू भएको हो ।
अस्पतालका चिकित्सकहरु डा. गणेश क्षेत्री, डा. सुदिप पौडेल लगायतको टिमले वडा नं ९ को एक शव पोष्टमोर्ट्म गरी सेवा सुरु गरेका थिए । सो अवसरमा नगर प्रमुख चक्रपाणी अर्याल, स्वास्थ्य शाखा, प्रमुख ठगराज पौडेल लगायतको पनि सहभागिता थियो ।
नगरको यस कार्यमा अस्पताल व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालय, कपिलवस्तु, जिल्ला प्रहरी कार्यालय, कपिलवस्तु, इलाका प्रहरी कार्यालय पिपरा लगायतका कर्मचारीबाट सहयोग भएको भन्दै नगर प्रमुख अर्याललआगामी दिनमा अस्पतालको सेवा प्रवाहलाई थप सुदृढीकरण गर्दै लैजाने अस्पतालले जनाएको छ ।
सेवा सुरु भएको प्रति लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले पनि खुसी ब्यक्त गर्दै धन्यबाद दिएका छन् ।
यसैबीच अस्पतालमा संघीय स्वास्थ्य मन्त्रालयबाट करिव ३५ लाख वरावरको स्वास्थ्य मेसेनरी औजार पनि प्राप्त भएको स्वास्थ्य शाखा प्रमुख पौडेलले बताए । उनका अनुसार महिला रोग विशेषज्ञ सहितको सेवा ‘CEONC’ को सेवाको लागि सरकारबाट ३४ लाख बजेट पनि प्राप्त भएको छ । नगरप्रमुख अर्यालको पहलबाट उक्त सेवा सामाग्री प्राप्त भएको पौडेलले बताए ।


खबर सबै
-
नारायणघाट–बुटवल सडक : ९०.८७ किलोमिटर सडक भने एकतर्फी कालोपत्र
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
प्रतिक्रिया