

कपिलवस्तुमा ६ वर्षमा बन्द भए साढे १३ सय साना उद्योग र फर्म



किरणमान बज्राचार्य : चल्नै नसक्ने स्थिति भए पछि कपिलवस्तुमा साना उद्योग र वाणिज्य फर्महरू धमाधम बन्द हुँदै गएका छन्। कोरोनाकाल पछि जिल्लामा उद्योग र व्यावसायिक फर्महरू बन्द हुने क्रम बढेको हो।
चल्ने स्थिति नभए पछि कपिलवस्तुमा साना उद्योग र वाणिज्य फर्म बन्द गर्नेको संख्या हरेक बर्ष वृद्धि हुँदै गएको हो। घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तु अनुसार विगत ६ वर्षमा साना उद्योग र वाणिज्य फर्म गरेर कपिलवस्तुमा १ हजार ३४९ फर्म बन्द भएका छन्। आर्थिक वर्ष २०७५/०७६ देखि आर्थिक वर्ष २०८०/०८१ सम्म सो उद्योग र वाणिज्य फर्म बन्द भएका हुन्।
उद्योगमा नाफा बन्दा घाटा निरन्तर बढ्दै गए पछि उद्योगी र फर्म धनीहरूले आफ्नो फर्म बन्द गर्ने गरेका छन्। गत आर्थिक बर्ष २०८०/०८१ मा २ सय ६९ साना उद्योग र १ सय १३१ व्यावसायिक फर्म बन्द भएका छन्। जुन विगत वर्षहरू मै सबै भन्दा बढी रहेको कार्यालयले जनाएको छ। आर्थिक वर्ष २०७९/०८० को एक वर्षको अवधिमा ७८ साना र ९६ वाणिज्य फर्म बन्द भएका थिए। आर्थिक वर्ष २०७५/०७६ मा ६१, आर्थिक वर्ष ०७६/०७७ मा ७५, आर्थिक वर्ष ०७७/०७८ मा ७७ र आर्थिक वर्ष ०७८/०७९ मा ९० वटा साना उद्योग बन्द भएका थिए।
यस्तै वाणिज्य फर्म अन्तर्गत आर्थिक वर्ष आर्थिक वर्ष २०७५/०७६ मा १ सय ६९, आर्थिक वर्ष ०७६/०७७मा १ सय ७८, आर्थिक बर्ष २०७७/०७८ मा १ सय ९, आर्थिक वर्ष ०७८/०७९ मा ७६ बन्द भएका थिए। बन्द हुने साना उद्योगहरूमा उत्पादन मूलक कृषि तथा वन सेवा मूलक र पर्यटन रहेका छन्। यस्तै व्यावसायिक फर्महरूमा किराना पसल हार्डवेयर, कपडा पसल मदिरा, कस्मेटिक ई मोबाइल पसल विविध लगायतका छन् । कोरोना काल पछि असहज स्थिति बन्दै गए पछि उद्योग धन्दा खुल्ने क्रम भने घटेको हो।
आर्थिक स्थिति असह्य बने पछि साना उद्योग र वाणिज्य फर्म भने नवीकरण नभएर बन्द भएको प्रमुख प्रेम बहादुर गौतमले बताए। कोरोना काल पछि उद्योग र व्यापारिक फर्मको संख्या घट्नु चिन्ताको विषय भएको कार्यालय प्रमुख गौतमले बताए। चार बर्ष यता जिल्लामा उद्योग धन्दा खुल्ने क्रम घट्दै गएको उनले बताए। व्यवसायमा निरन्तर घाटा लागे पछि उद्योगी व्यवसायीहरूले आफ्नो फर्म बन्द गर्न बाध्य भएको उनले बताए । सशस्त्र माओवादी द्वन्द्व पछि शान्ति स्थापना भए यता कारोनाकाल अघि सम्म उद्योग धन्दा खुल्ने क्रम थियो।
‘उद्योग धन्दा खुले पछि रोजगारी समेत बढेको थियो तर कारोनाकालका असर अहिले देखिन थालेको छ ’ उनले भने। कोरोना भाइरसका कारण उद्योग धन्दा पनि मारमा परेको उनले बताए । कपिलवस्तु उद्योग व्यापार संघका अध्यक्ष गणेश क्षेत्रीले आफ्नो कार्यक्षेत्र बाणगंगा नगरपालिकामा समेत उद्योग व्यापार खुल्ने भन्दा बन्द हुने क्रम बढेको बताए। चार नम्बर गजेहडा, बनगाई चोक लगायत बजारमा उद्योगी व्यापारीहरूले उद्योग पसल बन्द गरे विदेश तिर पलायन भएको बताए।
‘विगत वर्षहरूमा चहलपहल र बिक्री हुने पसलहरू निरन्तर घटामा गएको र भाडा समेत तिर्ने स्थिति नभए पछि बाध्य भएर बन्द गरेका हुन ’ उनले भने। उद्योग धन्दा र व्यापारको संख्या कम हुनु चिन्ताको विषय भएको बताए। कोरोना काल यता अहिले देशमा आर्थिक मन्दी छाएको र व्यापारीहरू आफ्नो व्यवसायमा टिक्न गाह्रो परेको बताए। उनले साना र उद्योग र व्यापारलाई सरकारले प्रवर्द्धन गर्न नसक्दा खोलिएको उद्योग धन्दा पनि चाडै बन्द हुने गरेको बताए।
उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य जमसेर अलि मियाले अहिले उद्योग व्यापार गर्न नसक्ने स्थिति सृजना भएको बताए। उनले सरकारले ठोस कदम नचाले धेरै उद्योग व्यापार बन्द हुने उनले बताए। गत आर्थिक वर्ष २०८०/०८१ मा ४ सय ५साना उद्योग र ३ सय ५३ वाणिज्य फर्म दर्ता भएका छन्।


खबर सबै
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा
-
सम्भावित क्षति हुन नदिन सरकारी वेबसाइट बन्द गरेको प्रष्टीकरण
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित







प्रतिक्रिया