

काभा महिला भलिबल : आज नेपाल र इरान खेल्दै, माल्दिभ्स प्रतियाेगिताबाट बाहिरियाे


काठमाण्डाै : काभा महिला भलिबल लिगमा श्रीलङ्काले माल्दिभ्सलाई साेझाे सेटमा हराएकाे छ ।
काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज दिउँसाे भएकाे पहिलाे खेलमा श्रीलङ्काले माल्दिभ्सलाई ३–० को सोझो सेटमा हरायो । श्रीलङ्काले प्रतियोगितामा पहिलो जीत हात पर्ने क्रममा माल्दिभ्सलाई पहिलो सेटमा २५-२२, दोस्रो सेटमा २५-१२ र तेस्रो सेटमा २५-१६ ले हरायो ।
माल्दिभ्स लगातार तेस्रो खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । माल्दिभ्स बाहिरिएसँगै सेमिफाइलनमा पुग्ने चार वटै टिमको टुङ्गो लागेको छ । नेपालसहित, भारत, श्रीलङ्का र इरान अन्तिम चारमा पुगेका छन् । लिगको शीर्ष र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच सेमिफाइनल हुनेछ ।
प्रतियाेगितामा आजै नेपाल र इरान खेल्दैछन् । याे खेल राखेपको कभर्डहलमा बेलुकी सवा ५ बजेदेखि शुरु हुनेछ । नेपालले पहिलो खेलमा श्रीलङ्कालाई सोझो सेटमा हराएको थियो । यस्तै दोस्रो खेलमा भारतलाई ३-२ को सेटमा हराउँदै ऐतिहासिक उपलब्धि हासिल गरेको थियो । महिला भलिबलको इतिहासमा नेपालले पहिलो पटक भारतलाई हराएको हो ।


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया