

कृष्णनगरमा निःशुल्क स्वास्थ्य शिविरः ४ सय बढीले लिए लाभ

कपिलवस्तु | स्व. वक्तावारीदेवी गोयल कल्याणकारी कोषले कपिलवस्तुको कृष्णनगरमा शनिबार एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्यो। युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस, भैरहवाको समन्वयमा गरिएको यस शिविरले स्थानीय समुदायलाई स्वास्थ्य सेवामा महत्वपूर्ण पहुँच प्रदान गरेको छ।
कृष्णनगरस्थित लक्ष्मीनारायण मन्दिर धर्मशाला परिसरमा बिहान ९ः३० बजेबाट सुरू भएको यो शिविरमा करीब ४५० जनाले स्वास्थ्य जाँच गराएका थिए।
स्वास्थ्य शिविरमा जनरल मेडिसिन, महिलासम्बन्धी रोग, हाडजोर्नी र नसारोग, बालरोग, नाक, कान, घाँटी, रगत परीक्षण, अल्ट्रासाउन्ड, दाँत र गिजा रोग, ईसीजी, छाला र यौनरोगसम्बन्धी समस्याहरूको निःशुल्क जाँच गरिएको थियो। साथै, आवश्यक औषधि पनि निःशुल्क वितरण गरिएको थियो।
कोषका अध्यक्ष विश्वनाथ गोयलका अनुसार, यो शिविरमा उपस्थित सेवाग्राहीलाई युनिभर्सल कलेज अफ मेडिकल साइन्सेसले भदौ १७ गतेसम्म विशेष छुट र सहुलियत दरमा उपचार गर्ने सुविधा प्रदान गर्नेछ।
स्व. वक्तावारीदेवी गोयल कल्याणकारी कोषले यसअघि पनि निःशुल्क स्वास्थ्य शिविर, राहत वितरण, शैक्षिक सामग्री वितरण, र बृक्षारोपण जस्ता विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ। यो गैर–लाभकारी संस्था समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ क्रियाशील छ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया