

रोल्पामा पहिरोमा पुरिएर एकै घरका दुई जनाको मृत्यु




रोल्पा | पूर्वी रोल्पाको सुनछ्हरी गाउँपालिकाको सिउरी गाउँमा पहिरोमा पुरिएर एकै घरका दुई जनाको ज्यान गएको छ। प्रहरीका अनुसार पुरिएर ज्यान गुमाउनेमा हजुरआमा र नातिनी छन्।
प्रहरीका अनुसार शुक्रबार सुनछहरी-४ कामीडाँडास्थित सिउरीकी करिब ७० वर्षीया बसुना सुनार र उनकी ४ वर्षकी नातिनी माया सुनारको पुरिएर मृत्यु भएको हो। अविरल वर्षाले शुक्रबार दिउँसोको घटनाबारेमा प्रहरीले राति ९ बजेतिर मात्रै जानकारी पाएको थियो।
प्रहरीले स्थानीय देउसिं सुनारको घर पहिरोमा परेर पुरिएको हो। घटनास्थलमा पुगेर उद्धार गरेका सुलीचौर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार पहिरोमा पुरिएकाहरुको खोजी निकै लामो समयसम्म गर्नुपरेको थियो। देउसिंको ढुंगा र माटोबाट बनेको २ कोठे घर माथि बाट आएको पहिरोमा पुरिएको थियो। देउसिं भने सुरक्षित रहेको प्रहरीले जनाएको छ। घटनापछि छिमेकीलाई सुरक्षित स्थानमा सारिएको छ।
मृतक वृद्धालाई अघिल्लो दिनमा र नातिनीलाई अर्को दिन बिहान भेटाइएको हो। घटनास्थलमा उद्धारका लागि पोबाङस्थित प्रहरी कार्यालयबाट थप प्रहरी परिचालित गरिएको थियो। घटनास्थल सदरमुकाम लिवाङबाट करिब ५० किलोमीटर पूर्वमा पर्छ।


खबर सबै
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध
-
युनाइटेड स्टुडेन्ट एकेडेमीमा १६औँ वार्षिकोत्सव : वार्षिक नतिजा प्रकाशन, चार पुर्व उप-सचिवहरुलाई सम्मान,











प्रतिक्रिया