

दाङमा बस र ट्रक एकआपसमा ठोक्किंदा १९ जना घाइते

दाङ : दाङमा बस र ट्रक एकआपसमा ठोक्किदा १९ जना घाइते भएका छन् । घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत हापुरखोलामा घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना ४ ख ४०९६ नम्बर ट्रक र विपरित दिशाबाट जाँदै गरेको ना ४ ख ३८४८ नम्बरको बस (आज )बुधबार बिहान पौने ९ बजेतिर एक आपसमा ठोक्किदा १९ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते सबै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सीनाले जानकारी दिए । उनका अनुसार घाइते सबैजना बसका यात्रु हुन् भने सबैको अवस्था सामान्य रहेको छ । बस र ट्रक चालक दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया