

१३ वर्षीया बालिकामाथि बलात्कार आरोपमा ३ जना पक्राउ


रूकुम पश्चिममा १३ वर्षीया बालिकामाथि बलात्कार आरोपमा ३ जना पक्राउ परेका छन्।
चौरजहारी नगरपालिका-१ का ३७ वर्षीय शिखर भण्डारी,२७ वर्षीय तिलकराज गिरी र २३ वर्षीय सुभाष बन गोसाई पक्राउ परेका हुन्।
उनीहरूलाई रूकुम पश्चिमबाट खटिएको टोलीले मंगलबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी इन्स्पेक्टर बखतबहादुर शाहीले जानकारी दिए।
इन्स्पेक्टर शाहीका अनुसार पक्राउ परेकाहरूमाथि एक बालिकालाई चौरजहारीकै होटलमा फकाइफुल्याइ लगेर बलात्कार गरेको सूचना पाएको थियो।
सूचना पाएलगत्तै खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको थियो।
‘उनीहरूलाई बिहान ४ बजेतिर जिल्ला प्रहरी कार्यालय ल्याइपुर्याएका छौं, थप अनुसन्धान भइरहेको छ,’ उनले भने।


खबर सबै
-
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य
-
बाढीको वितण्डा : अठार जनाको शव बुटवलमा
-
दुना–टपरी व्यवसायले बदलिँदै महिलाको जीवन
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
भारतले चौथो पटक पठायो प्राविधिक टोलीसहित राहत सामग्री
-
भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २४ सय ९८ जना अझै सम्पर्कविहीन
-
भोटेकोशी बाढी: सम्पर्कविहीन हुनेको संख्या बढ्दै
-
जितपुरमा खुल्यो ‘६५ रेस्टुरेन्ट एण्ड क्याफे’ : एउटै ठाउँमा खाजादेखि थकाली खानाकाे स्वाद
-
भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न
-
तीन वर्षीय बालिकाको सिंचाइ कुलोमा डुबेर मृत्यु






प्रतिक्रिया