

मन्त्री छनाेट प्रति लुम्बिनीमा काङ्ग्रेस सभापति पुनकाे असन्तुष्टी



लुम्बिनी प्रदेशको मन्त्री छनोट गर्दा प्रदेश कार्यसमितिलाई बेवास्ता गरेको भन्दै कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले असन्तुष्टि जनाएका छन् ।
पार्टीबाट पठाउने व्यक्तिहरुको छनोट गर्दा प्रदेश समितिलाई पूर्णतया बेवास्ता गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको पुनले विज्ञप्ति निकालेर असन्तुष्टि जनाएका छन् । संघीयता एवं समावेशिताको मर्म र पार्टीको विधान विपरीत मन्त्रीहरु बनाएको पुनले जनाएका छन् ।
आम कार्यकर्ताको भावना विपरीत मन्त्रीहरु छनोट भएको जनाउँदै प्रदेश सभापति पुनले असन्तुष्ट कार्यकर्ताको वृहत भेला गरी यथोचित निर्णयमा पुगिने पुनले चेतावनी दिएका छन् ।
गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा (रोज राणा), दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मी मन्त्री बनेका छन् ।
न्यौपाने संस्थापनइतरका हुन् । मन्त्री बनेका अन्य संस्थापन समूहका हुन् । कांग्रेस प्रमुख सचेतक बर्दियाका जन्मजय तिमिल्सिना पूर्व गृहमन्त्री बालकृण खाँण निकट हुन् ।
प्रदेश सभापति पुन संस्थापनइतरका नेता डा.शेखर कोइराला निकट हुन् ।


खबर सबै
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा






प्रतिक्रिया