

एसीसी महिला टी-२० : पाकिस्तानसँग ९ विकेटले पराजित भयो नेपाल


बुटवल : नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगितामा नेपाली टोली पाकिस्तानसँग पराजित बनेको छ । आइतबार राति सम्पन्न खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १०८ रनको लक्ष्य पाकिस्तानले ११.५ ओभरमै १ विकेटको क्षतिमा भेट्टायो । पाकिस्तानको जितका लागि गुल फेरोजाले ५७ रन बनाइन् भने मुनिबा अली ४६ रनसहित नटआउट रहिन् । यसअघि टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय आठ रन बनाएको थियो ।
नेपालका लागि ओपनर सीता रानामगरले २६ रनको योगदान गरिन् । उनले ३० बलमा तीन चौका पनि प्रहार गरिन् । पूजा महतोले २५ रन बनाइन् । रनआउट भई पेभेलियन फर्किनुअघि उनले ३२ बलमा तीन चौका हिर्काइन् । कविता जोशीले पनि टोलीको खातामा अविजित ३१ रन थपिन् । उनले २३ बलमा एक छक्का र चार चौका हिर्काइन् । कविता कुँवरले १३ रन बनाइन् । पाकिस्तानकी बलर सादिया इक्वालले दुई विकेट लिइन् ।
यसअघि पहिलो खेलमा भने नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको थियो ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया