

एशिया कप महिला टी–२० क्रिकेटमा नेपालले आज पाकिस्तानसँग खेल्दै


काठमाण्डौ : एसीसी एशिया कप महिला टी–२० क्रिकेटमा नेपालले आज पाकिस्तानसँग खेल्दैछ । नेपालले समूह चरणको आफ्नो दोस्रो खेलमा पाकिस्तानसँग खेल्न लागेको हो ।
यो खेल नेपाली समय अनुसार बेलुका सवा ७ बजे श्रीलंकाको दाम्बुलामा शुरु हुनेछ । प्रतियोगिताको उद्घाटन खेलमा युएईलाई ६ विकेटले हराउँदै नेपालले ऐतिहासिक जित निकालेको थियो ।
यसअघि सन् २०१२ र २०१६ मा दुई पटक एशिया कपमा सहभागी नेपाली महिला टोली सबै नौ खेलमा पराजित भएको थियो । पहिलो खेलमा पाकिस्तान भारतसँग पराजित भएको थियो । आजको खेल जितेमा नेपालको अर्को चरणमा पुग्ने सम्भावना बलियो हुनेछ ।
नेपाल र पाकिस्तानको खेल अघि आज दिउँसो सवा दुई बजे भारत र युएई खेल्नेछन् । हिजो भएको खेलमा श्रीलंकाले बङगलादेशलाई सात विकेट र थाइल्यान्डले मलेसियालाई २२ रनले हराएको छ ।


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया