

कुन कुन अवस्थामा टाउको दुख्दा हुन सक्छ खतरा ?


आजभोलि टाउको दुख्ने बिरामीहरूको संख्या अस्पतालमा बढेको छ । तर, यसको उपचार सम्भव कति छ भन्नेबारे विज्ञानले अहिलेसम्म कुनै उत्तर दिएको छैन । केही वर्ष यता सिटी स्क्यान, एमआरआइजस्ता उपचार पद्धति पनि प्रयोग हुन थालेका छन् । तैपनि कयौं अवस्थामा टाउको दुख्नुको कारण पत्ता लाग्न सक्दैन । त्यसो त टाउको दुख्नु आफैँमा एउटा रोग हुनैपर्छ भन्ने पनि छैन ।
अन्य रोगहरूका कारण पनि हाम्रो टाउको दुखिरहेको हुनसक्छ । जे होस्, टाउको दुखेर अस्पताल पुगेका बिरामीहरुका लागि चाहिँ डाक्टरहरुले लामो समय दिएर उनीहरुको कथा सुनेकै हुनुपर्छ । त्यसमाथि टाउको दुख्ने समस्या कुनै गम्भीर रोगको लक्षण पनि हुनसक्छ । जस्तो कि ज्वरो आउनु पहिले, रुँघाखोकी लाग्नु पहिले पनि टाउको दुख्न सक्छ ।
कहिलेकाहीँ हाम्रो रक्तचाप अत्यधिक बढ्दा पनि हाम्रो टाउको दुख्न सक्छ । तर, ब्लड प्रेसर बढ्दा टाउको दुख्ने समस्या चाहिँ २० प्रतिशत बिरामीमा मात्र देखिने चिकित्सकहरु बताउँछन् । अरु रोगका कारण वा समस्या कारण हुने टाउको दुखाइलाई सेकेन्डरी मानिन्छ । तर, टाउको दुख्ने नै समस्या पनि छुट्टै रोग पनि हुनसक्छ । माइग्रेन एउटा त्यस्तै रोग हो जसमा टाउको दुखिहाल्छ ।
तर, केही अवस्थामा टाउको दुख्नु चाहिँ निकै खतरानक हुनसक्छ । यस्तो अवस्थामा तत्काल वा जतिसक्दो छिटो चिकित्सककहाँ पुग्नु राम्रो मानिन्छ । यी १० अवस्थामा टाउको दुखेको छ भने तत्काल चिकित्सककहाँ देखाउन जानु पर्छः
१. यदि टाउको यति साह्रै दुखेको छ कि यसअघि तपाईंले कहिल्यै पनि यस्तो महसुस गर्नु भएको थिएन ।
२. पहिलो पटक टाउको दुखिरहेको छ र यो अत्यन्त चर्को गरि दुखिरहेको छ ।
३. यदि टाउको दुख्नुभन्दा पहिले वान्ता भएको थियो । वान्ता भइसकेपछि टाउको झन् बढी दुखिरहेको छ ।
४. यदि टाउको दुख्दा कोही बेहोस भएको छ भने वा शरीरको सन्तुलन बिग्रिएको छ भने वा बोली लटपटिएको छ भने पनि तत्काल उपचार गर्नु आवश्यक हुन्छ ।
५. यदि झुक्दा वा खोक्दा वा कुनै गह्रौं सामान उठाउँदा टाउको दुख्छ भने तत्काल उपचारका लागि अस्पतालमा सम्पर्क गर्नु पर्ने हुन्छ ।
६. यदि टाउको दुखाइका कारण कोही सुत्न सकेको छैन भने तत्काल चिकित्सक कहाँ पुग्नु पर्ने हुन्छ ।
७. यदि रातभर सुतेर उठ्दा पनि विहान टाउको दुखिरहेको छ भने एकपटक चिकित्सककहाँ जाँच्न जानै पर्ने हुन्छ ।
८. यदि कोही ५५ वर्षभन्दा माथिको छ र पहिलो पटक यो उमेरमा पुगेपछि टाउको दुखेको अनुभूति गरिरहेको छ भने पनि त्यो व्यक्तिलाई तत्काल अस्पताल लैजानु पर्ने हुन्छ ।
९. यदि टाउको दुखिरहँदा टाउकोको दुई भागमा अँठ्याउँदा झन् बढी टाउको दुख्छ भने अस्पताल जानु पर्ने हुन्छ ।
१०. यदि टाउको दुख्न थालेको केही दिन वा केही साता भइसकेको छ र यो झन्झन् बढ्दो छ भने तत्काल चिकित्सकहरुलाई देखाउनु पर्ने हुन्छ ।


खबर सबै
-
सन्धिखर्क-गोरुसिङ्गे सडकमा राति यात्रा नगर्न प्रशासनको आग्रह
-
आज नाग पञ्चमी पर्व मनाईदै, कस्तो छ धार्मिक मान्यता ?
-
मोतिपुर प्रगतिशील युवा क्लवको अध्यक्षमा पुनः न्यौपाने निर्वाचित
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
प्रदेशसभाबाट विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री आचार्य
-
‘सालको पात’ बेचेर चुल्हो बाल्ने ‘भवानी’
-
कपिलवस्तुको विजयनगरमा विद्यालय भवन शिलान्यास
-
कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका व्यक्ति १३ वर्षपछि पक्राउ
-
बर्दियाबाट खैरो हेरोइनसहित एक जना पक्राउ
-
नागपञ्चमीमा कपिलवस्तुका सात स्थानीय तहमा बिदा






प्रतिक्रिया