
‘प्रचण्ड’ नेतृत्वको सरकार कामचलाउ ताेकियाे, कहिले बन्छ नयाँ सरकार ?

राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार नबन्दासम्म पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई कामचलाउ तोकेका छन् ।
राष्ट्रपति कार्यालयले शुक्रबार साँझ एक विज्ञप्ति प्रकाशित गरी प्रचण्डको मन्त्रिपरिषद्लाई कामचलाउ तोकेको हो ।
नयाँ सरकार गठन नहुँदासम्म पदमुक्त भएकै सरकार कामचलाउ हुने संवैधानिक व्यवस्था छ । सोही अनुसार प्रचण्ड मन्त्रिपरिषद्लाई कामचलाउ तोकिएको शीतलनिवास स्रोतले बतायो ।
प्रतिनिधि सभामा विश्वासको मत नपाएर पदमुक्त भएका प्रधानमन्त्री प्रचण्डले शुक्रवार नै राष्ट्रपतिसँग बिदाइ भेट गरेका छन् । प्रचण्ड शीतल निवासबाट सिधै खुमलटार गएका छन् ।
यसैबीच राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका लागि संविधानविद्हरूको राय लिएका छन् ।
शुक्रबार साँझ भएको छलफलमा संविधानविद्हरूले उनलाई संविधानको धारा ७६ (२) अनुसार नै सरकार गठन गर्न सुझाव दिएका थिए ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया