

युरो कप : फाइनल प्रवेशका लागि आज स्पेन र फ्रान्स भिड्दै

काठमाडौं : जर्मनीमा जारी युरो कपको पहिलो सेमिफाइनलमा आज राति स्पेन र फ्रान्स भिड्दै छन् ।
खेल नेपाली समय अनुसार राति पौने १ बजे हुनेछ ।
जारी प्रतियोगितामा स्पेन सबैभन्दा बढी गोल गर्ने टिम हो । स्पेनले जारी प्रतियोगितामा ५ खेल जित्दा ११ गोल गरेको छ भने दुई गोल मात्र खाएको छ ।
फ्रान्सले भने सेमिफाइनल पुग्ने क्रममा अपेक्षाकृत प्रदर्शन गर्न सकेको छैन ।
स्पेन चौथो पटक र फ्रान्स तेस्रो पटक युरो च्याम्पियन बन्ने होडमा छन् ।
फ्रान्स र स्पेनबिच अहिलेसम्म ३६ पटक भिडन्त भएको छ ।
जसमध्ये स्पेनले १६ र फ्रान्सले १३ खेल जितेका छन् । स्पेन र फ्रान्सबिचको विजेताले दोस्रो सेमिफाइनल खेल्ने इङ्ल्याण्ड र नेदरल्याण्ड्सको विजेतासँग उपाधिका लागि भिड्ने छ ।


खबर सबै
-
लुम्बिनी प्रदेशसभामा प्रतिपक्षी सांसदको अवरोध, मुख्यमन्त्रीको विशेष सम्बोधनपछि बैठक सुचारु
-
पाल्पाबाट दालचिनी निर्यात उच्च
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु
-
बुटवल आएका प्रचण्डले भने, ‘सरकारका सय दिन उपलब्धीशून्य’






प्रतिक्रिया