

राप्ती नदीको बाढीमा फँसेका २ को सकुशल उद्धार, एक जना बेपत्ता



साझाकुरा, दाङ । दाङको लमही नगरपालिका ७ हस्नापुरस्थित राप्ती नदीको बाढीमा फसेकामध्ये दुई जनाको सकुशल उद्दार गरिएको छ भने एक जना बेपत्ता भएका छन्।
राजपुर गाउँपालिका(२ का किसान लमहीबाट फर्किने क्रममा राप्ती नदीको बाढीमा फसेका थिए। तीन जना सँगै रहेपनि एक जनालाई बाढीले बगाएको हो भने दुई जना सिमलको रुखमा चढेका थिए।
नेपाल सशस्त्र प्रहरी बल ४१ नम्बर रिजर्भ गण अर्जुनखोलाबाट खटिएका सुरक्षाकर्मीले दुई जनालाई सकुशल उद्दार गरेको प्रहरी सहायक निरीक्षक प्रकाश ढकालले जानकारी दिए।
राजपुर(२ निवासी ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको उद्दार गरिएको हो। उनीहरू सँगै साथमा रहेका १८ वर्षीय राजकुमार यादव बाढीमा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ।


खबर सबै
-
कपिलवस्तुमा दूध बोक्ने ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु
-
प्रथम वडा स्तरीय रनिङ कपको उपाधि भर्तापुरले जित्यो, पडरिया २–० ले पराजित
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति







प्रतिक्रिया