

कीर्तिमानी १००औं खेल खेल्दै कप्तान किरण

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण कुमार लिम्बु (चेम्जोङ) ऐतिहासिक कीर्तिमान नजिक छन् । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत आज यमनविरुद्धको खेल खेल्दै किरण नेपालका लागि एक सयौँ खेल खेल्ने कीर्तिमान नजिक छन् ।
डेढ दशकभन्दा लामो अन्तर्राष्ट्रिय फुटबल करियरमा किरणले हाल नेपालका लागि सर्वाधिक ९९ क्याप जितेका छन् । उनी अहिले नेपालको कप्तान र गोलकिपर दुवै भूमिका छन् । ३४ वर्षीय किरण वर्तमान नेपाली फुटबल टोलीको सबैभन्दा अनुभवी खेलाडी समेत हुन् ।
नेपाली टोलीको साउदी अरेबिया भ्रमणदेखि नै किरणले एक सय खेल पूरा गर्ने विषयमा चर्चा हुँदै आएको थियो । अब उनी त्यो दुर्लभ कीर्तिमानको निकै नजिक छन् । कुनै आश्चर्य नभएमा किरण नेपालका लागि १०० खेल खेल्ने पहिलो फुटबलर बन्नेछन् ।
धनकुटाको एउटा सामान्य परिवारबाट उमेर समूह र सिनियर राष्ट्रिय टिम हुँदै नेपालको नम्बर वान गोलकिपर अनि हाल कप्तानीसमेत गरिरहेको किरण आफ्नो कीर्तिमानभन्दा पनि देशका लागि खेल्नु पाउनु सबैभन्दा गर्वको क्षण मान्छन् ।
‘देशको जर्सी लगाउँदा खुशी लाग्छ र देशको जर्सी लगाउनु प्राउड मोमेन्ट हो’, किरणले यमनसँग खेल्नुअघि साउदीमा पत्रकारहरुसँग भनेका थिए, ‘विदेशी भूमि वा घरेलु मैदानमा खेल्दा मलाई जहिले पनि गुजबम्प आउँछ । म देशको लागि खेल्दैछु फाइट गर्नुपर्छ भन्ने भावना आउँछ । कप्तान मात्र नभएर देशकै प्रतिनिधधित्व गर्दा छुट्टै महसुस हुन्छ ।’
किरणले अब कति वर्ष खेल्छु भनेर नसोचेको र स्वास्थयले साथ दिएसम्म खेल्ने बताएका छन् । ‘त्यस्तो कुनै क्याल्कुसेन मैले गरेको छैन । सबै कुरा हेल्थ हो । मरो हेल्थ राम्रो भएन भने मैले प्रेडिक्ट गरेर भनेर पनि हुँदैन । हेरम कति खेल्न सकिन्छ देशका लागि । र एउटा समय त आइहाल्छ’, उनले भनेका छन् ।
अहिले आफूले राष्ट्रिय टिमसँग खेल्दा रमाइरहेको उनले बताए । भन्छन्, ‘अहिले म टिमसँग इन्जोए गर्न चाहन्छु । जति खेल्छु मेरो टिमसँग नेपाली फुटबलका लागि के गर्न सकिन्छ भनेर त्यही सोचेर खेलिराछु ।’
नेपालले अन्तिम खेलमा यमनविरुद्ध अंककै लागि खेल्ने र अंक लिएर फर्कने किरणले बताएका छन् । यमनसँग पहिलो खेल होम ग्राउण्डमा नेपालले हार व्यहोरेको थियो । ‘अहिलेसम्म हामी प्वाइन्टलेस छौँ । त्यस खेलमा प्वाइन्ट लियौँ भने एसियन कप छनोटका लागि राम्रो हुन्छ’, उनले भने, ‘ सबै जना अंक जोड्नुपर्छ भनेर लागेका छन् ।’
किरणले नतिजा नआउँदा सबैलाई दु:ख लागे पनि नेपालको फुटबलको स्थिति र वास्तविकतालाई हेर्नुपर्ने बताए । ‘रिजल्ट नआउँदा समर्थकहरु सबैलाई नराम्रो लाग्छ । तर रियालिस्टिकमल्ली हामी कहाँ छौँ र कुन परिस्थितीमा छौँ भनेर हेर्नुपर्छ’, किरणले भने, ‘हामीले पहिलो चरणमा लाओसलाई जितेर आएका हौँ । अब युएई अर्कै लेभलको छ । उनीहरु प्रोफेसनल खेलाडी धेरै छन् । अब हाम्रो टिममा रोहित र म मात्रै हो । मनिष भाइ कहिलेकाहीं बाहिर खेल्छ । प्रोफेसनल खेलेको खेलाडी भयो भने छुट्टै खालको हुन्छ ।’


खबर सबै
-
लुम्बिनी प्रदेशसभामा प्रतिपक्षी सांसदको अवरोध, मुख्यमन्त्रीको विशेष सम्बोधनपछि बैठक सुचारु
-
पाल्पाबाट दालचिनी निर्यात उच्च
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु
-
बुटवल आएका प्रचण्डले भने, ‘सरकारका सय दिन उपलब्धीशून्य’






प्रतिक्रिया