

टी-२० विश्वकप विजेताले २४ लाख ५० हजार डलर पुरस्कार पाउने


काठमाडौं : टी-२० विश्वकप क्रिकेटको विजेताले २४ लाख ५० हजार अमेरिकी डलर पुरस्कार पाउने भएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषदले सोमबार एक विज्ञप्ति जारी गरी टी-२० विश्वकपका लागि अहिलेसम्मको धेरै पुरस्कार रकम घोषणा गरेको हो ।
विश्वकपको उपविजेताले १२ लाख २८ हजार अमेरिकी डलर पाउनेछन् । त्यस्तै प्रतियोगितामा सहभागी सबै टिमले २ लाख २५ हजार अमेरिकी डलर पाउनेछन् । आईसीसीको यो घोषणा अनुसार नेपालले पनि २ लाख २५ हजार डलर पाउनेछ । यो भनेको करिब ३ करोड नेपाली रुपैयाँ हो ।
प्रतियोगिताको पुरस्कार वितरण २९ जूनमा बार्बाडोसको किङ्स्टन ओभलमा गरिनेछ । टी-२० विश्वकपको सेमिफाइनलमा पुगेका बाँकी दुई टिमले जनही ७ लाख ८७ हजार डलर पाउनेछन् ।
क्वार्टरफाइनलमा पुगेका तर सेमिफाइनल पुग्न नसकेका ४ टिमले जनही ३ लाख ८२ हजार डलर पाउनेछन् । नवौं, दशौं, ११ र १२ स्थानमा रहने टिमले २ लाख ४७ हजार डलर पाउनेछन् भने १३ देखि २० औं स्थानमा रहनेले २ लाख २५ हजार डलर पाउनेछन् । क्वार्टरफाइनल र सेमिफाइनल बाहेकका अरु खेल जित्नेले प्रति खेल जितेबापत ३१ हजार १५४ डलर पाउनेछन् ।
टी-२० विश्वकपमा २८ दिनभित्र ५५ खेल हुनेछन् ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया