

आजदेखि टी–२० विश्वकप क्रिकेट, पहिलो खेलमा अमेरिका र क्यानडा खेल्दै


काठमाडौं : नवौँ संस्करण आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ ।
अमेरिका र वेष्टइण्डिजमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक राष्ट्र अमेरिका र क्यानडा खेल्दैछन् ।
समूह ‘ए’को यो खेल बिहान सवा ६ बजे डल्लासको ग्रान्ड प्रेरी रंगशालामा हुँदैछ ।
नेपाल दोस्रो पटक टी–२० विश्वकप खेल्दै छ । नेपालले पहिलो खेल मंगलबार नेदरल्यान्डससँग मंगलबार खेल्नेछ । विश्वकपमा नेपाल समूह ‘डी’ मा छ ।
उक्त समूहमा नेपालसहित नेदरल्यान्ड्स, दक्षिण अफ्रिका, श्रीलङ्का र बङ्गलादेश छन् । दोस्रो खेल जुन ११ मा श्रीलङ्कासँग अमेरिकाको फ्लोरिडामा हुनेछ । त्यसपछि नेपाल वेस्ट इन्डिजतर्फ लाग्नेछ । वेस्ट इन्डिजको भिन्सेन्टमा जुन १४ दक्षिण अफ्रिका र जुन १६ मा बङ्गलादेशसँग खेल्नेछ ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया