एक वर्षमा रुपन्देहीमा २ सय बढी उद्योग बन्द

रुपन्देही  | रुपन्देहीमा चालू आर्थिक वर्ष २०८०/८१ मा दुई सय सात वटा उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका कार्यालय प्रमुख नेत्रप्रसाद भुसालका अनुसार चालू आर्थिक वर्षको वैशाखसम्ममा रुपन्देहीमा दुई सय सात वटा उद्योगले कार्यालयबाट लगत कट्टा गराएका छन् ।

गएको आर्थिक वर्षमा लगत कट्टा गराउने उद्योगको सङ्ख्या दुई सय १७ वटा रहेको थियो । कार्यालय प्रमुख भुसालले आर्थिक मन्दीको असर रुपन्देहीमा पनि देखिएको बताउनुभयो । उत्पादन घट्नुका साथै व्यावसायिक कारोबार पनि घट्दै गएको उहाँले बताउनुभयो ।

आर्थिक मन्दीको सबैभन्दा बढी असर उत्पादनमूलक उद्योगमा परेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ बताउनुभयो ।

प्रतिक्रिया