

हैदराबादलाई ८ विकेटले हराउँदै कोलकाता आईपीएल क्रिकेटको फाइनलमा


काठमाण्डौ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाईट राइडर्स फाइनलमा पुगेको छ । गएराति भएको पहिलो क्वालिफायरमा सनराईजर्स हैदराबादलाई ८ विकेटले हराएर कोलकाता फाइनलमा पुगेको हो ।
हैदराबादले दिएको १ सय ६० रनको लक्ष्य कोलकाताले १३ ओभर ४ बलमै २ विकेट मात्र गुमाएर भेट्टायो । कोलकाताको जितमा कप्तान श्रेयस ऐयरले अविजित सर्वाधिक ५८ रन बनाए । त्यसअघि टस जितेर ब्याटिङ गरेको हैदराबाद १९ ओभर ३ बलमा १ सय ५९ रनमा समेटिएको थियो । हैदराबादका लागि राहुल त्रिपाठीले सर्वाधिक ५५ रन बनाएका थिए ।
आईपीएलमा आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलूरुबीच एलिमिनेटरको खेल हुँदैछ । एलिमिनेटर खेलको विजेतासँग फाइनलमा पुग्न हैदराबादले दोस्रो क्वालिफायर खेल्नेछ । दोस्रो क्यालिफायर पर्सि शुक्रवार र फाइनल खेल आइतवार हुनेछ ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया