

दश महिनामा नवलपरासीबाट करिब एक्काइस अर्ब राजस्व सङ्कलन



नवलपुर / रासस : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लामा रहेका सङ्घीय सरकार र प्रदेश सरकार मातहतका कार्यालयले १० महिनाको अवधिमा रु २० अर्ब ९५ करोड ८७ लाख ६४ हजार चार सय ५० राजस्व सङ्कलन गरेका हुन् ।
कोष तथा लेखा नियन्त्रक कार्यालय नवलपुरका सूचना अधिकारी कोष नियन्त्रक जीतनारायण महतोले जिल्लामा सङ्कलन भएको राजस्वमध्ये सङ्घीय सरकारलाई जाने राजस्वतर्फ रु २० अर्ब ५० करोड ६९ लाख ५५ हजार सात सय ७९ एवं गण्डकी प्रदेश सरकारको खातामा दाखिला हुने रु ४५ करोड १८ लाख आठ हजार छ सय ७९ सङ्कलन भएको जानकारी दिए।
आन्तरिक राजस्व कार्यालय कावासोतीले रु २० अर्ब ३३ करोड ८० लाख ९७ हजार सात सय ३२ राजस्व सङ्कलन गरेको महतोले जानकारी दिए । यसैगरी, सङ्घीय सरकारलाई जाने राजस्वतर्फ जिल्ला प्रशासन कार्यालय नवलपुरले रु आठ करोड ३९ लाख ५१ हजार एक सय २०, जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले रु दुई करोड ४२ लाख एक हजार सात सय ११, जिल्ला अदालत नवलपुरले रु एक करोड ५७ लाख ७७ हजार सात सय ९९, त्रिवेणी भन्सार कार्यालयले रु एक करोड ५८ लाख ५१ हजार छ सय ४७ राजस्व सङ्कलन गरेका महतोले बताए ।
जिल्लास्थित गण्डकी प्रदेश सरकार मातहतका कार्यालयमध्ये यस वर्षको वैशाख मसान्तसम्ममा यातायात व्यवस्था कार्यालयले रु २५ करोड ६९ लाख ३९ हजार दुई सय २७, मालपोत कार्यालयले रु १२ करोड ९१ लाख ६१ हजार छ सय २७, डिभिजन वन कार्यालयले रु चार करोड ५२ लाख ८१ हजार आठ सय ५४ राजस्व सङ्कलन गरेका छन् ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया