टी–२० विश्वकपका लागि नेदरल्यान्ड्सको टोली घोषणा

आईसीसी टी–२० विश्वकपका लागि नेदरल्यान्ड्सको टोली घोषणा भएको छ।

सोमबार घोषणा गरेको डच टोलीमा अनुभवी अलराउण्डर राइलोफ भान डे मर्वे र मुख्य ब्याटर कोलिन एकरम्यान विश्वकप खेल्ने टोलीबाट बाहिर छन्।

नेदरल्याण्डस्का मुख्य छनोटकर्ताले बाया हाते स्पिनर टिम प्रिन्गल, काइल क्लेन र हार्ड हिटिङ ओपनर माइकल लेभिटलाई टोलीमा मुख्य स्थान दिएका छन्।

गत फेबु्रअरीमा नेपालमा भएको टी–२० सिरिजमा नामिबियाविरुद्ध आक्राम ब्याटिङ गरेका लेभिटले ६२ बलमा ११ चौका र १० छक्का प्रहार गर्दै १ सय ३५ रन बनाएका थिए।

विकेटकिपर ब्याटर स्कट एडवर्ड्सले विश्वकपका आफ्नो कप्तानीमा टोलीलाई अघि बढाउनेछन्।

नेदरल्यान्ड्सको आगामी ४ जुनमा नेपालसँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ।

विश्वकप खेल्ने नेदरल्यान्ड्सको टोलीः
स्कट एडवार्ड (कप्तान) आर्यन दत्त, बास डे लिड, डानियल डोराम, फ्रेड क्लासेन, काइल क्लेन, लोगान भ्यान बेक, म्याक्स ओ डाउड, माइकल लेविट, पल भ्यान मिकरेन, साइब्रान्ड एंगलब्रेच, तेजा निदामानुरु, टिम प्रिन्गल, विक्रम सिंह, भिव किङग्मा, वेस्ली ब्यारेसी

प्रतिक्रिया