

राष्ट्रिय जनमोर्चाले दियो आफ्ना जनप्रतिनिधिलाई प्रशिक्षण


प्युठान । राष्ट्रिय जनमोर्चा प्युठानको आयोजनामा स्थानीय तहका जनप्रतिनिधिहरूका लागि दुईदिने कार्यशाला खलंगामा शनिबार सम्पन्न भएको छ।
कार्याशालामा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले ऐन कानुन, योजना तर्जुमा, बजेट, आर्थिक स्रोतको पहिचानलगायतका विषयमा पशिक्षण दिनुभएको थियो ।
त्यसैगरी राजमो नेता आनन्द शर्माले जनप्रतिनिधि र संगठनबीचको अनतरसम्बन्ध र त्यसको सही व्यवस्थापन गर्ने सम्बन्धमा प्रशिक्षण दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका अध्यक्ष बोम बहादुर खत्रीले जनप्रतिनिधिहरूलाई सबै विषयमा जानकारी नहुने भन्दै विकास निर्माण, नीतिनिर्माण र त्यसको सहि परिचालनमा कहिलेकाहीँ समस्या आउने भएकोले वर्तमान नीतिनियम, प्रक्रिया लगाएतको बारेमा सचेत गराउने पार्टीको नीति अनुसार कार्यशाला सञ्चालन गरिएको बताउनुभयो।
यस्तै, राष्ट्रिय जनमोर्चा प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपानेले कम्युनिस्ट पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई पार्टीले सहि ढंगले परिचालन गर्न सकेमा मात्र आम जनताको भावना र मर्मअनुसार काम हुन सक्ने भन्दै समयसमयमा तालिम, प्रशिक्षण आबस्यक रहेको बताउनुभयो।
कार्याशालामा राष्ट्रिय जनमोर्चाका नेता सुरेस थापा, राम पहाडी लगायत नेताहरूको उपस्थिति रहेको थियो। कार्याशालामा प्युठान जिल्लाका पार्टीको तर्फबाट स्थानीयतहमा निर्वाचित भएका जनप्रतिनिधि हरुको सहभागिता रहेको राष्ट्रिय जनमोर्चा प्युठानले जनाएको छ।


खबर सबै
-
विनाशकारी बाढी : मृतकको सङ्ख्या २७० पुग्यो
-
नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री
-
भोटेकोसी बाढी : १७७ शव फेला, ३३ घाइते उपचाररत
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
रसुवामा आएको बाढीपछि दाङका १० जना सम्पर्कविहीन
-
रसुवामा बाढी आउनुअघि नेपाल–चीन सीमा नजिक ४.४ म्याग्निच्युडको भूकम्प
-
रसुवा भन्सारबाट करिब पाँच सय गाडी बगाएको अनुमान, दुई दर्जन कर्मचारी सम्पर्कविहीन
-
बाढी प्रभावितलाई डब्लूएचओले राहत सामग्री पठाउने
-
रसुवागढी भन्सारका १४ कर्मचारी सम्पर्कविहीन
-
‘हिमताल फुटेको हुनसक्छ, स्याटेलाइटबाट पनि हेर्दै छौँ’ : जल तथा मौसम विज्ञान






प्रतिक्रिया