

वेस्ट इन्डिजविरुद्ध नेपाल ६ विकेटले विजयी


काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्धको टी–२० सिरिजको अन्तिम खेलमा जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा नेपालले वेस्ट इन्डिज ए लाई ६ विकेटले परजित गरेको हो । वेस्ट इन्डिज ए ले दिएको १७३ रनको लक्ष्य पछाएको नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरको थियो ।
नेपालले पाँचौं तथा अन्तिम टी–२० खेलमा वेष्टइण्डिज ए माथि ६ विकेटको जित हात पारेको हो । पाँच खेलको सिरिज भने वेष्टइण्डिजले ३–२ ले जित्न सफल भयो । १७३ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । नेपालको जितमा कुशल मल्ल १८ बलमा ३ चौका र ३ छक्कासहित ३७ रनमा नट आउट रहे । खेल जित्न अन्तिम १२ बलमा २२ रन चाहिँदा ओबेद म्याककोयलाई कुशल मल्लले तीन चौका, एक छक्का र एक लेग वाइको रुपमा चौका प्रहार गर्दै जित दिलाए ।
नेपालका ओपनर आसिफ शेखले ३५ बलमा २ चौका र ४ छक्कासहित ५१ रन बनाउँदै आउट भए । तेस्रो नम्बरमा आएका अनिल साहले ४५ बलमा ४ चौका र ४ छक्कासहित ५८ रन बनाए । ओपनर कुशल भुर्तेललाई नेपालले १३ रनमा गुमाएको थियो । दोस्रो विकेटका लागि अनिल र आसिफले ९६ रनको साझेदारी गर्दै जितको आधार बलियो बनाएका थिए ।
त्यस्तै वेस्ट इन्डिजका बलर ओबेड म्याककोयले ३ र म्याथुज फोर्डले एक विकेट लिएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको थियो ।
वेस्ट इन्डिज ए का लागि एलिक एथानाजले सर्बाधिक ४२ रन बनाएका थिए भने कप्तान रोस्टन चेजले ३३ रन बनाएका थिए । त्यसैगरी जोन्सन चार्लेजले २४, म्याथ्युज फोर्डले २३ रन बनाएका थिए ।
त्यसैगरी नेपाली बलर सागर ढकाल र सोमपाल कामीले ३–३ विकेट लिएका थिए भने अविनाश बोहोराले एक विकेट लिएका थिए ।योसँगै वेस्ट इन्डिज ए ले ३–२ ले टी–२० सिरिज जितेको छ । योसँगै नेपाली क्रिकेट टिम विश्वकपका लागि आइतबार अमेरिकातर्फ प्रस्थान गर्ने तालिका रहेको छ ।


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया