दुबै मृगौला फेल भएछि उपचार अभावमा बाणगंगाकी ‘अनिता’
हरि आचार्य, कपिलवस्तु : मानिसको दैनिकीसँगै जीवनमा आइपर्ने अनेक समस्याहरुले कहाँ कतिबेला के भोग्नुपर्छ कसैलाई थाहा हुँदैन । आज सहजरुपमा चलिहरको पारिवारिक जीवनमा कतिबेला भुमरी आउँछ त्यो कल्पाना पनि गर्न सकिदैन । जीवनका खुसीका रङहरु कतिबेला धुमलिन पुग्छन् त्यो कसैले पनि सोचेको हुँदैन । तर यस्तै अप्रत्यासित घटनाले जब परिवारका कुनै सदस्यलाई सताउँछ तब त्यो परिवारको सबै खुसी र सुख खोसिन्छ । यस्तै पिडा र खुसी खोसिएको छ कपिलवस्तु बाणगंगाको एक आले परिवारमा ।
कपिलवस्तुको बाणगंगाकी अनिता आले पछिल्लो ४ बर्ष यता एउटै पिडाले चिन्तामा छिन् । बाणगंगा नगरपालिका वडा नम्बर १ जितपुर (पत्थरैया) निवासी ३५ बर्षिया आले मगर दुबै मृगौला फेल भएका कारण पिडित छिन् ।
पछिल्लो चार वर्ष देखि मृगौलाको डायलासिस गरिरहेकी मगरलाई अहिले भने आर्थिक अवस्था कमजोर हुंदा उपचारमा समस्या परेको छ । परिवारमा उनको स्वास्थ्य समस्याका कारण आले परिवार पछिल्लो चार वर्ष देखि चिन्तामा पिरोलिएको छ । अनिताका श्रीमान पुरन आले श्रीमतीको उपचार गराउँदा आफ्नो सम्पतीले धान्न नसक्ने अवस्थामा पुगेपछि अहिले सहयोगको याचना गरेका छन् । उनी पेसाले सवारी चालक हुन ।
आफ्नो कामबाट आउने आम्दानीले श्रीमतीको मृगौला प्रत्यारोपण र थप उपचारमा खर्च धान्न नसक्ने भएपछि पिरोलिए । श्रीमतीको दुबै मृगौला फेल भएछि पुरनले आफ्नो नियमति सवारी चालकको काम पनि छोडे, र श्रीमतीको उपचार र हेरचाहमा तल्लिन भए । अहिले आफ्नो आम्दानीको सबै स्रोत बन्द हुँदा थप कष्टकर दैनिकी चलाउनु परेको उनले गुनासो गरेका छन् ।
अनिताका परिवारमा उनका श्रीमानसहित सासु र देवर छन् । उनका देवर पनि शारिरीक अपाङ्गताको जीवन बिताइरहेका छन् । मृगौलाको समस्या भई उपचारमा लागेकी अनिता सुरुका केही वर्ष परिवारको सम्पतिबाटै मृगौलाको डायलासिस गराइन्। तर अहिले नियमित उपचारमा समेतउनलाई समस्या पर्ने गरेको छ । उनको उपचारमा मद्धत गर्नका लागि स्थानीय बिमला मल्लको नेतृत्वमा ७ जना महिलाहरुले आफ्नो गाउँमा सहयोग रकम संकलन गरी अनितालई एक लाख ४६ हजार ७ सय ६० रुपैँयाँ दिएका थिए । तर यस बहेक अनिताले अन्य कुनैपनि सहयोग पाएकी छैनन् ।
अनिताको मृगौला प्रत्यारोपणका लागि उनका श्रीमान पुरनले आफ्नो मृगौला दिन तयार छन् । चिकित्सकसँग पनि उनीहरुले परामर्श लिए । उनको मृगौला प्रतयारोपण गर्न सकिने अवस्था छ । तर अन्य स्वास्थ्य परीक्षण गर्दा अनिताको शरीरमा मुटुको समेत समस्या देखियो । जसका कारण उपचारमा थप समस्या देखिएको छ । मुटुको समस्याका कारण मृगौला प्रत्यारोपणमा समस्या भएको चिकित्सकले बताएपछि आले परिवारलाई थप चिन्ताले पिरोलेको छ । उनका श्रीमान पुरन आले मगरले श्रीमतीको मृगौला फेल भएपछि आफ्नो मृगौला दिन तयार थिए । तर अहिले उपचारमा ठूलो खर्च लाग्ने भएपछि पुरनले आफ्नी ३५ वर्षीय श्रीमतीको जीवन बचाइदिन याचना गरेका छन् ।
हाल हप्ताको तीन दिन अनिताले गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा मृगौलाको डायलासिस् गराइरहेकी छिन् । हप्तामा तीनदिन बुटवल जाँदा र उपचारमा लाग्ने विभिन्न खर्च समेत धान्न आले परिवारलाई अहिले संकट परिरहेको छ । परिवारका सदस्य कसैको पनि नियमित आम्दानी नहुँदा उनलाई सहयोग गर्ने पनि कोही देखिएका छैनन् । जसका कारण यो परिवार अहिले थप पिडामा परेका छन् ।
प्रतिक्रिया