

बाँकेमा नियमित खोप डीपीटी र पोलियो अभाव





काठमाडौँ : बाँकेको बैजनाथ गाउँपालिमा बालबालिकालाई नियमित दिइने डीपीटी खोप र पोलियोको अभाव भएको छ । एक वर्षभित्रका बालबालिकालाई नियमितरुपमा लगाउने खोप डीपीटी र खुवाउने पोलियो अभाव भएको हो ।
गत चैत्र २० गते नियमित रूपमा लगाउनु पर्ने डीपीटी खोप हाल एक महिना हुँदासम्म नलगाएको एक स्थानीयको गुनासो छ ।
गाउँपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखाका सिनियर अहेब अधिकृत लक्ष्मण राज शाहीले बाँके जिल्ला कार्यालयले डीपीटी खोप र पोलियो उपलब्ध गराउन नसक्दा आफूले सेवाग्राहीलाई उपलब्ध गराउन नसकेको बताए ।
जिल्ला कार्यालय बाँके र सङ्घको स्वास्थ्य सेवा विभाग अन्तर्गत पर्ने परिवार कल्याण महाशाखाले खोप अभाव नभएको दाबी गरेको छ ।
सरकारको नियमित खोप कार्यक्रम अनुसार डीपीटी खोप ३ पटक लगाउनुपर्ने उल्लेख छ । बच्चा जन्मेको ६ हप्ता, १० हप्ता र १४ हप्तामा लगाउनु पर्ने उल्लेख छ ।
यस्तै, पोलिया पनि दुई थोपा ३ पटक खुवाउनु पर्ने उल्लेख छ । बच्चा जन्मेको ६ हप्ता, १० हप्ता र १४ हप्तामा खुवाउनु पर्ने हुन्छ ।
डीपीटी भ्यागुते, लहरे खोकी, धनुष्टङ्कार र हेपाटाइसिस बी, वेक्टेरियल, मेनिन्जाइटिस विरुद्ध लगाइन्छ भने, पोलियो रोग विरुद्ध खुवाइने नियमित खोप कार्यक्रममा उल्लेख छ ।
स्रोत : रातोपाटी


खबर सबै
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल











प्रतिक्रिया