
आईपीएल क्रिकेटमा हैदराबादले राजस्थानलाई १ रनले हरायाे




काठमाण्डाै : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले शीर्ष स्थानको राजस्थान रोयल्सलाई हराएको छ ।
गए राति भएको खेलमा घरेलु टाेली हैदराबादले राजस्थानलाई १ रनले हराएको हो । हैदराबादले दिएको २ सय २ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर २ सय रनमात्र बनाउन सक्यो । राजस्थानका रियान परागले सर्वाधिक ७७ रन बनाए । हैदराबादका भुवनेश्वर कुमारले ३ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ३ विकेट गुमाएर २ सय १ रन बनाएको थियो । हैदराबादका नितिश कुमार रेड्डीले ७६ रन बनाए । राजस्थानका आवेश खानले २ विकेट लिए ।
याे जितपछि हैदराबाद १० खेलमा १२ अङ्कसहित तालिकाकाे चौथो स्थानमा उक्लिएको छ । राजस्थान १० खेलमा १६ अङ्कसहित शीर्ष स्थानमा यथावत् छ ।
आईपीएलमा आज राति पाैने ८ बजे दाेस्राे स्थानमा रहेकाे काेलकाता नाइट राइडर्स र नवाैँ स्थानमा रहेकाे मुम्बई इन्डियन्स खेल्दैछन् । याे खेल मुम्बईकाे वानखेडे स्टेडियममा हुनेछ ।


खबर सबै
-
नारायणघाट–बुटवल सडक : ९०.८७ किलोमिटर सडक भने एकतर्फी कालोपत्र
-
लुम्बिनीको नीति : कृषि र प्रांगारिक उत्पादनलाई उच्च प्राथमिकता, युवालाई व्यावसायिक कृषिमा जोड्ने योजना
-
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दाङका एक युवकको घटनास्थलमै मृत्यु
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
रोल्पामा चरेससहित चार युवा पक्राउ
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्नेमा
-
बाणगंगा ९ को एउटा विद्यालय, ‘विद्यार्थी नहुँदा संकटको स्थितिमा’
-
लुम्बिनी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै
-
माेतिपुरदेखि दिपज्याेती माेवाइल वर्ल्डकाे नयाँ यात्रा चारनम्बरबाट सुरु, यसरी भयाे ओपनिङ, एक महिना भारि अफर
-
बाणगंगा नदी दोहनविरुद्ध राष्ट्रिय जनमोर्चा कपिलवस्तुको कडा वक्तव्य !
प्रतिक्रिया