

पाल्पामा आगलागीले ३७ घरगोठ जलेर नष्ट


पाल्पा : पाल्पाको रामपुर नगरपालिका ४ र ५ का साथै पूर्वखोला गाउँपालिका–६, हेक्लाङमा जंगलमा लागेको डढेलो बस्तीमा फैलिएपछि ३७ घरगोठ जल्दा लाखौंको धनमान नष्ट भएको छ ।
पूर्वखोलाको हेक्लाङमा २६ घरगोठका साथै रामपुर नगरपालिकाको ४ र ५ मा ११ घरगोठ घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जंगलमा लागेको डढेलो बुधबार बेलुकीदेखि बस्तीमा फैलिँदा घरगोठ जलेर नष्ट भएको वडाध्यक्ष धनबहादुर घर्ती मगरले जानकारी दिए ।
बुधबार दिउँसो सामुदायिक वनमा सुरु भएको डढेलो बिहीबारसम्म पनि नियन्त्रणमा नआएको वडाध्यक्ष घर्ती मगरले बताए । जंगलको भीषण डढेलो हावा हुरीले गर्दा बस्तीमा पसेपछि रेदीमा दुई, बाँसडाँडा ११ र खुमडाँडामा १३ घरगोठ जलेर नष्ट भएको वडाध्यक्ष घर्तीले जानकारी दिए । घरगोठसँगै पशु चौपायाको पनि मृत्यु भएको छ । हेक्लाङका तल्लो र माथिल्लो लाकुरीका साथै झेमराङमा डढेलो लागिरहेको छ ।
पाल्पाकै रामपुर नगरपालिका–४, को समानसिङ, रेवतीपोखरासाथै रामपुर–५, को गैरागाउँ क्षेत्रको जंगलमा लागेको भीषण डढेलो बस्तीमा फैलिएपछि ११ घरगोठ जलेर नष्ट भएको वडाध्यक्ष रामु रानाले जानकारी दिए । बुधबार दिउँसोदेखि राम्चे सामुदायिक वनलगायत यस क्षेत्रमा भीषण डढेलो लागेको थियो ।
बिहीबार पनि राम्चे सामुदायिक वन, धर्मशालाका साथै गाबुडाँडा सामुदायिक वनमा पनि डढेलो लागिरहेको वडाध्यक्ष रानाले जानकारी दिए । हावाहुरीले जंगलको डढेलो बस्तीमा फैलिएपछि घरगोठ पूर्ण रूपमा जलेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । यो वर्ष आगलागीले धेरै जिल्लामा सयौं घर गोठ जलेर नष्ट भइसकेका छन् भने करोडौंको क्षति भएको छ । आगलागीका घटनामा परेर एक दर्जन व्यक्तिको ज्यान गएको छ ।


खबर सबै
-
नागढुंगा–सिस्ने खोला सुरुङमार्गको उद्घाटन
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रोल्पाका भाइरल बालिकाको भिडिओबाट ट्राफिक प्रहरीको रचनात्मक सडक सुरक्षा सन्देश
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
तीव्र हावाले डढेलो फैलिँदा फ्रान्समा दुई लाख पचास हजारभन्दा बढी विस्थापित
-
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको सङ्ख्या ह्वात्तै बढ्यो, १४६६ जनाले गरे अवलोकन
-
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको अनुरोध
-
लुम्बिनी प्रदेश : कांग्रेसका मन्त्रीहरूले भोलि सामूहिक रूपमा राजीनामा बुझाउने
-
लायन्स क्लव अफ कपिलवस्तुद्धारा ‘लायन्स पार्क’ सरसफाई
-
भारतसँगको खुला बोर्डरले समस्या : गृहमन्त्री गुरुङ






प्रतिक्रिया