

पाल्पामा आगलागीले ३७ घरगोठ जलेर नष्ट



पाल्पा : पाल्पाको रामपुर नगरपालिका ४ र ५ का साथै पूर्वखोला गाउँपालिका–६, हेक्लाङमा जंगलमा लागेको डढेलो बस्तीमा फैलिएपछि ३७ घरगोठ जल्दा लाखौंको धनमान नष्ट भएको छ ।
पूर्वखोलाको हेक्लाङमा २६ घरगोठका साथै रामपुर नगरपालिकाको ४ र ५ मा ११ घरगोठ घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जंगलमा लागेको डढेलो बुधबार बेलुकीदेखि बस्तीमा फैलिँदा घरगोठ जलेर नष्ट भएको वडाध्यक्ष धनबहादुर घर्ती मगरले जानकारी दिए ।
बुधबार दिउँसो सामुदायिक वनमा सुरु भएको डढेलो बिहीबारसम्म पनि नियन्त्रणमा नआएको वडाध्यक्ष घर्ती मगरले बताए । जंगलको भीषण डढेलो हावा हुरीले गर्दा बस्तीमा पसेपछि रेदीमा दुई, बाँसडाँडा ११ र खुमडाँडामा १३ घरगोठ जलेर नष्ट भएको वडाध्यक्ष घर्तीले जानकारी दिए । घरगोठसँगै पशु चौपायाको पनि मृत्यु भएको छ । हेक्लाङका तल्लो र माथिल्लो लाकुरीका साथै झेमराङमा डढेलो लागिरहेको छ ।
पाल्पाकै रामपुर नगरपालिका–४, को समानसिङ, रेवतीपोखरासाथै रामपुर–५, को गैरागाउँ क्षेत्रको जंगलमा लागेको भीषण डढेलो बस्तीमा फैलिएपछि ११ घरगोठ जलेर नष्ट भएको वडाध्यक्ष रामु रानाले जानकारी दिए । बुधबार दिउँसोदेखि राम्चे सामुदायिक वनलगायत यस क्षेत्रमा भीषण डढेलो लागेको थियो ।
बिहीबार पनि राम्चे सामुदायिक वन, धर्मशालाका साथै गाबुडाँडा सामुदायिक वनमा पनि डढेलो लागिरहेको वडाध्यक्ष रानाले जानकारी दिए । हावाहुरीले जंगलको डढेलो बस्तीमा फैलिएपछि घरगोठ पूर्ण रूपमा जलेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । यो वर्ष आगलागीले धेरै जिल्लामा सयौं घर गोठ जलेर नष्ट भइसकेका छन् भने करोडौंको क्षति भएको छ । आगलागीका घटनामा परेर एक दर्जन व्यक्तिको ज्यान गएको छ ।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया