

नेपाललाई वेस्टइन्डिज एले दियो २१० रनको लक्ष्य

काठमाडौँ । मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपालसामु जितका लागि २ सय १० रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २ सय ९ रन बनाएको हो ।
वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले नटआउट रहँदै सर्वाधिक ८४ रन बनाए । उनले ५४ बलमा ९ चौका र ४ छक्का हिर्काए ।
यसअघिको खेलमा शतक बनाएका जोन्सन चार्ल्सले अर्धशतकीय इनिङ्स खेले । उनले मात्र ३० बलमा ५८ रन बनाए । यस क्रममा उनले ३ चौका र ६ छक्का हिर्काए । त्यस्तै, फाबियन एलनले ३३ रनको योगदान दिए ।
नेपालका लागि कुशल भुर्तेलले २ तथा प्रतिश जिसीले १ विकेट लिए । पाँच खेलको शृङ्खलामा वेस्ट इन्डिज २–१ ले अघि रहेको छ । शृङ्खला नगुमाउन नेपालले आज जित्नै पर्ने दबाब छ ।
पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भए पनि दोस्रो खेलमा १० रन तथा तेस्रो खेल ७६ रनले गुमाउन पुगेको थियो ।


खबर सबै
-
लुम्बिनी प्रदेशसभामा प्रतिपक्षी सांसदको अवरोध, मुख्यमन्त्रीको विशेष सम्बोधनपछि बैठक सुचारु
-
पाल्पाबाट दालचिनी निर्यात उच्च
-
चितवनमा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
पाराग्वेमाथि कठिन जित हासिल गर्दै फ्रान्स विश्वकपको क्वार्टरफाइनलमा
-
देशभर मनसुनी वायुको प्रभाव, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
-
धान रोप्ने क्रममा चट्याङ लागेर एक जनाको मृत्यु, दुईजना घाइते
-
सर्प खेलाउँदै गर्दा डसेर २३ वर्षका युवकको मृत्यु
-
करेन्ट लागेर ८ वर्षीया बालिकाको मृत्यु
-
बुटवल आएका प्रचण्डले भने, ‘सरकारका सय दिन उपलब्धीशून्य’






प्रतिक्रिया