

कपिलवस्तुमा आजदेखि १६औँ चरणको हात्तिपाइले बिरुद्धको औषधि अभियान सुरु





कपिलवस्तु । कपिलवस्तु जिल्लामा आइताबारदेखि हात्तिपाइले रोग बिरुद्धको औषधि सेवन अभियान सुरु भएको छ । कपिलवस्तुमा यस अघिका वर्षमा संचालन भएका औषधि सेवन अभियानबाट रोग निर्मूल नभएपछि यसपटक १६औँ चरणको औषधि सेवन अभियान संचालन भएको हो ।
जिल्लाको बाणगंगा नगरपालिकाका सबैजसो वडामा जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न क्षेत्रका व्यक्तिहरुले औषधि सेवन गरी अभियानको सुरुवात गरेका छन् । बाणगंगासहित जिल्लाभर यो अभियान संचालन भएको छ । १५ औं पटक हात्तीपाइले फाईलेरियाको औषधि खुवाउँदा पनि निवारण हुन नसकेपछि यसवर्ष १६ औं पटक फेरि खुवाउन सुरु गरिएको हो । बाणगंगामा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थिले हात्तिपाइले विरुद्धको औषधि खाएर अभियानको सुरुवात गरेका छन् । अभियान सुरु गर्दै सांसद पन्थिले प्रदेशका अन्य ११ वटै जिल्लामा हात्तिपाइले रोगको निवारण हुँदा कपिलवस्तुमा नहुनु लज्जासपद रहेको बताए । विभिन्न कारणले गर्दा केहिले औषधि सेवन नगरिदिदा अभियान सफल हुन नसकेको उनको भनाइ थियो ।
यसपटक नगरपालिका भरी सबै स्वास्थ्य चौकी र टोल टोलमा औषधि खवाइने बताइएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाले हात्तिपाइले रोग निवारणका लागि जोखिम समूहमा रहेका कपिलवस्तु सहित सात जिल्लामा औषधि खुवाउने कार्यक्रम सञ्चालन गरेको हो । कपिलवस्तु, रसुवा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र झापा जिल्लामा आम औषधि सेवन आजदेखि सुरु भएको छ ।


खबर सबै
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल











प्रतिक्रिया