

नेपालको बलिङ कोचमा वेस्ट इन्डिजका एस्टविक नियुक्त



काठमाण्डौँ : नेपाली राष्ट्रिय सिनियर क्रिकेट टोलीको बलिङ प्रशिक्षकमा वेस्ट इन्डिजका रड्नी एस्टविक नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार एक विज्ञप्ति जारी गर्दै एस्टविकको नियुक्तिबारे जानकारी दिएको हो ।
बार्बाडोसका तीव्र गतिका बलरले वेस्ट इन्डिजका लागि अन्तर्राष्ट्रिय क्रिकेट नखेलेपनि घरेलु क्रिकेट भने खेलेका छन् ।
एस्टविकले वेस्ट इन्डिजको सिनियर टोलीको बलिङ प्रशिक्षकको रुपमा पनि काम गरेका छन् । उनले सन् २०१६ देखि २०२२ मा पटक पटक वेस्ट इन्डिजको जिम्मेवारी सम्हालेका थिए । नेपालका वर्तमान प्रशिक्षक मोन्टि देशाइ वेस्ट इन्डिजको ब्याटिङ प्रशिक्षक हुँदा यी दुईले सँगै काम गरेका थिए ।
एस्टविकलाई आइसीसी टि२० विश्वकप सम्मका लागि अनुबन्ध गरिएको क्यान सचिव पारस खड्काले जानकारी दिए । खड्काका अनुसार एस्टविकले यसै साता ओमानमा सुरु हुने एसीसी मेन्स प्रिमियर कपबाट टोलीसँग जोडिनेछन् ।
एस्टविकले नेपाली क्रिकेटसँग जोडिन पाउँदा गर्वको अनुभव गरेको बताए । ‘नेपाली क्रिकेटसँग काम गर्ने अवसर पाउँदा गर्वको अनुभव गरेको छु । मैले पछिल्लो ८ वर्ष वेस्ट इन्डिजको सिनियर टोलीसँग बटुलेको अनुभव साट्नेछु । मैले नेपाली क्रिकेटको विकास र उदय हेरिरहेको छु । मैले आफ्नो तर्फबाट सकेको योगदान गर्नेछु,’ उनले भने ।
मुख्य प्रशिक्षक मोन्टि देशाइले एस्टविकसँग काम गरेको अनुभवले उनी नेपालको लागि राम्रो गर्नेमा विश्वस्त रहेको बताए । सचिव पारस खड्काले विश्वकप तयारी र वेस्ट इन्डिजको बारेमा जानकारी राख्ने भएकाले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया