
सहकारी सदस्यलाई सुदृढीकरण तालिम प्रदान

साना किसान कृषि सहकारी संस्था लि. बाणगंङ्गा नगरपालिका ५काेपवा कपिलवस्तुले आफ्नो सेवा क्षेत्र भित्र रहेका समूह ,अन्तर समूहलाई लक्षित गरि एक दिवसीय सहकारी शिक्षा तथा अन्तर समूह सुदृढीकरण तालिम बिहीबार सम्पन्न गरेको छ।
सानाकिसान विकास लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय बुटवलकाे सहयोगमा सञ्चालित उक्त तालिममा संस्थाकाे हरेक गतिविधि लाई चुस्त दुरूष्त राखन सबैकाे भुमिका रहनुपर्ने बताईएकाे थियो । २०३२ सालमा नेपाल सरकार र जि टि जेड भन्ने संस्थाकाे नाममा सञ्चालित यश संस्थाले २०५१सालमा सानाकिसान संस्था काे नाममा स्थानीय समूहलाई हस्तान्तरण गरेपश्तात साे संस्थाले सानाकिसान कृषि सहकारी संस्था नामले नामाकरण गरि सञ्चालन गर्दै आएकाे प्रशिक्षक सुकदेव न्यौपानेले स्पष्ट पारे ।
तालिमको सहजीकरण गर्दै सानाकिसान लघुवित्त विकास लघुवित्त वित्तीय संस्था क्षेत्रीय कार्यालय बुटवलका प्रबन्धक शेरबहादुर चौधरीले शेयर सदस्य ,संस्थाकाे अन्तर सम्बन्ध सुधार गर्दै सकारात्मक साेचकाे बिकास गर्नुपर्नेमा जाेड दिदै आफुलाई प्रविधि मैत्रिमा जाेडदै सहकारीबाट लिएको कर्जालाई सही सदुपयोग गर्दै आफुमा भएको ज्ञानसिपलाई ब्यवहारमा लागु गर्न उद्यमशिलतामा जाेडन आग्रह गरे । साथै उनले तालिमका सहभागीहरूलाई समयकाे पहिचान गरि संस्थामा सदस्यता थप गर्नुपर्ने बताए ।
१सय पचास सहभागी रहेको कार्यक्रम संस्थाकि उपाध्यक्ष पार्वती आचार्यकाे अध्यक्षता बाणगंगा नगरपालिका वडा न.६का वडाध्यक्ष करूण टण्डनकाे प्रमुख आतिथ्यता साना किसान कृषि सहकारी संस्था लि.अध्यक्ष भिमप्रसाद सापकाेटा लगायतको बिशिस्ट आतिथ्यता लेखा संयाेजक सृजना अधिकारी काे स्वागत मन्त्ब्य र ब्यस्थापक रमा खनालकाे सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया