

भन्सार छलेर भित्र्याइएकाे ३ सय ५ बाेरा केराउ बरामद



रुपन्देही प्रहरीले बिहीबार दिउँसो भन्सार छलेर भित्र्याइएकाे ३ सय ५ बाेरा केराउ बरामद गरेकाे छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टाेलीले सिद्वार्थनगर नगरपालिका- ४, सुगरमिलबाट उक्त केराउ बरामद गरेकाे जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक रन्जितसिंह राठौरका अनुसार कपिलवस्तुकाे सुठाैंली भन्सारबाट ४५ बाेरा मकैकाे भन्सार गरेर त्यसमै ठूलाे परिमाणमा केराउ भित्र्याइएकाे अनुसन्धानबाट खुलेकाे छ ।
मकै बाेकेकाे भनिएकाे यूपी१५सीटी८१९८ नम्बरकाे ट्रक जाँच गर्दा १५ लाख २५ हजार मूल्यकाे ३ सय ५ बाेरा केराउ बरामद भएकाे हाे । ट्रकमा रहेकाे ८६ हजार ६ सय २५ रुपैयाँ मूल्य बराबरको ४५ बाेरा मकैकाे मात्र भन्सार गरिएको पाईएकाे छ ।
प्रहरीले बरामद मकै, केराउ र १८ लाख मूल्य बराबरकाे ट्रक समेत गरि ३४ लाख ११ हजार ६ सय २५ रुपैयाँका सामाग्री भन्सार बुझाएको जनाएको छ ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया