

प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप: सुदूरपश्चिम सेमिफाइनलमा


कपिलवस्तु। सुदूरपश्चिम–११ प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको सेमिफाइनलमा पुगेको छ। कपिलवस्तुको बुद्ध रंगशालामा मंगलबार सम्पन्न चौथो तथा अन्तिम क्वार्टरफाइनलमा सुदूरपश्चिमले आर्मीलाई टाईब्रेकरमा ४–३ गोल अन्तरले पराजित गरेको हो। यो खेलसँगै सुदूरपश्चिमले फाइनल प्रवेशका लागि हनामी बीएफसीसँग खेल्ने छ।
आइतबार सम्पन्न दोस्रो क्वार्टरफाइनल खेलमा सडन डेथमा मच्छिन्द्र फुटबल क्लबलाई ५–४ गोल अन्तरले पराजित गर्दै हनामी अन्तिम चारमा पुगेको थियो। आज मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेल निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएको थियो। त्यसपछि खेलको छिनोफानो टाईब्रेकरबाट गरिएको हो।
टाईब्रेकरमा सुदूरपश्चिमका विष्णु चौधरी, अभिनाश थापा, बुद्धदेव शाही र धीरेन्द्र शाहले गोल गरे। फागुराम चौधरीले भने गोल गर्न सकेनन्।
आर्मीका लागि ओमप्रकाश रोका, दिल लामा र मानबहादुर आले मगरले गोल गरे तर, सन्तोष केसी र जीवन कुमारले गोल गर्न सकेनन्।खेलको म्यान अफ दी म्याच सुदूरका गोलरक्षक दीपक बोहरा भए। उनले १० हजार रुपैयाँ प्राप्त गरे। म्यान अफ द म्याचको पुरस्कार गाय छाप ब्राण्ड पकडीले सौजन्य गरेको छ । प्रत्येक खेलको म्यान अफ द म्याचको पुरस्कार सौजन्य गाय छाप ब्राण्ड पकडीले गर्दै आएको छ ।
कपिलवस्तु जिल्ला फुटबल संघको आयोजनामा भइरहेको प्रतियोगितामा बुधबार भोलि पहिलो सेमिफाइनलमा थ्रीस्टार क्लब र विभागीय टोली नेपाल पुलिस क्लब भिड्ने छन्।
सोमबार सम्पन्न तेस्रो क्वार्टरफाइनल खेलमा सहारा फुटबल एकेडेमीलाई १–० गोल अन्तरले पराजित गर्दै पुलिसले थ्रीस्टारसँगको भेट पक्का गरेको थियो। थ्रीस्टार भने शनिबार भएको उद्घाटन खेलमा आयोजक कपिलवस्तु–११ लाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो।


खबर सबै
-
बैँकिङ् कसुरका फरार पुरूष पक्राउ
-
कपिलवस्तुमा ‘पञ्जाबी तड्का’को तीज धमाका, ५ सयदेखि १ हजारमै स्वादिष्ट स्पेशल प्याकेज
-
टप एन्ड सिरिज अन्तर्गत आज नेपाल ए ले होबर्ट हुरिक्यान्स एकेडेमीसँग खेल्दै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट






प्रतिक्रिया