

शुद्धोधन गाउँपालिकामा ७० वर्षीया वृद्धाको कुटपिट गरी हत्या



रुपन्देहीको शुद्धोधन गाउँपालिकामा ७० वर्षीया वृद्धाको कुटपिट गरी हत्या गरिएको छ । शुद्धोधन गाउँपालिका वडा–६ घर भई सियारी गाउँपालिका वडा–७ बस्दै आएकी उजेलीको कुटपिटगरी हत्या गरिएको हो ।
मंगलबार राति उनी आफ्नो कोठामा गम्भीर घाइते अवस्थामा भेटिएकी थिइन् । भैरहवास्थित भीम अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टले जानकारी दिए ।
अनुसन्धानका क्रममा सोही वडामा २९ वर्षका प्रभुनाथ थारूले रिसइबी साँधेर कुटपिट गरी हत्या गरेको खुल्न आएको उनले बताए । पक्राउ परेका थारूको घरबाट कुटपिटमा प्रयोग भएको फलामको हतौडा बरामद भएको उनले बताए ।
वृद्धाले होच्याएर बोलाउने गरेको रिसइबीमा थारूले हत्या गरेको अनुसन्धानबाट खुलेको भट्टले बताए ।
प्रहरीका अनुसार पक्राउ परेका थारूलाई रुपन्देही जिल्ला अदालतबाट १० दिनको म्याद लिएर घटना सम्बन्धमा आवश्यक अनुसन्धान थालेको छ ।


खबर सबै
-
भारतको कुशीनगरबाट ५०० नेपालीको उद्धार
-
विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको प्रयोगकर्ता, जोखिममा चार करोड बालबालिका
-
कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
बजेटमा कपिलवस्तु : उपस्थिति बढ्यो, कार्यान्वयनको परीक्षा बाँकी
-
तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने
-
बजेटमा लुम्बिनी प्रदेश : सडक र सिँचाइ क्षेत्रलाई प्राथमिकता
-
सरकारले मदिरा र चुरोटको कर बढ्यो
-
२१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट घोषणा
-
सरकारी कर्मचारीको तलब वृद्धि, नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम











प्रतिक्रिया