

आईपीएल : चेन्नईको लगातार दोस्रो जित


काठमाडौं : साविक विजेता तथा पाँच पटकको च्याम्पियन चेन्नई सुपर किंग्सले सानदार ब्याटिङ प्रदर्शनका साथ इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा लगातार दोस्रो जित हात पारेको छ । घरेलु टोली चेन्नईले मंगलबार राति सम्पन्न खेलमा गुजरात टाइटन्सलाई ६३ रनले हरायो ।
२०६ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन बनायो । गुजरातका साई सुदर्शनले सर्वाधिक ३७ रन बनाए । ओपनर ऋद्धिमान शाह २१, शुभमन गिल ८, विजयशंकर १२ र डेविड मिलर २१ रनमा आउट भए ।
चेन्नईका दीपक चाहर, मुश्ताफिजुर रहमान र तुषार देशपाण्डेले दुई/दुई विकेट लिए । डर्याल मिचेल र मथिसा पाथिरानाले एक/एक विकेट लिए ।
त्यसअघि चेपौकमा टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रन बनायो । चेन्नईका शिवम दुबेले २३ बलमा २ चौका र ५ छक्कासहित ५१ रन बनाए । रचिन रविन्द्र २० बलमा ६ चौका र ३ छक्कासहित ४६ रनको आक्रामक सुरुवात दिलाएका थिए ।
ऋतुराज गायकवाड ४६, अजिंक्या रहाणे १२, डर्याल मिचेल २४ र समिर रिज्वीले १४ रन जोडे ।
गुजरातका राशिद खानले २, साई किशोर, स्पेन्सर जोनसन र मोहित शर्माले १–१ विकेट लिए ।
आईपीएलमा आज राति सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया