

फिफा विश्वकप छनोट अन्तर्गतको दोस्रो खेलमा नेपाल बहराइनसँग ३ गोलले पराजित


काठमाण्डौ : फिफा विश्वकप छनोट अन्तर्गतको खेलमा नेपाल बहराइनसँगको दोस्रो खेलमा पनि पराजित भएको छ । बहराइनको राष्ट्रिय रङ्गशालामा गएराति भएको दोस्रो खेलमा नेपाल ३–० ले पराजित भएको हो । बहराइनले खेलमा सबै गोल पहिलो हाफमा गर्यो । बहराइनले खेलको सातौं मिनेटमा शुरुवाती गोल गर्न सफल भयो ।
डिफेन्डर सायद बाकेरले गोल गरेका थिए । बहराइनका लागि १७ औँ मिनेटमा अब्दुल्लाह युसुफले पेनाल्टीमा गोल गरेर अग्रता दोब्बर बनाए । कोमाइल इलसवादले ३६औं मिनेटमा बहराइनका लागि तेस्रो गोल गरे । पहिलो खेलमा ५–० को हार बेहोरेको नेपालले दोस्रो खेलमा टोलीमा ४ परिवर्तन गरेको थियो । तर नेपालको प्रदर्शन राम्रो हुन सकेन ।
नेपाल ४ खेलमा अङ्कबिहीन रहँदै समूहको पुछारमा छ । नेपालले यसअघि यूएईसँग ४–०, यमनसँग २–० र बहराइनँंग ५–० को हार बेहोरेको थियो । यूएई १२ अङ्कसहित समूहको शीर्ष स्थानमा छ । यस्तै ९ अङ्क सहित बहराइन दोस्रो र यमन ३ अङ्क सहित तेस्रो छन् ।
नेपालले दोस्रो चरणमा बाँकी रहेका दुई खेल आउने जुनमा खेल्नेछ ।


खबर सबै
-
छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु
-
सैनामैनाले फोहोर व्यवस्थापन केन्द्र एकला पहाडमा बनाउने तयारी
-
नेपालसहित ७५ मुलुकका लागि ट्रम्प प्रशासनको कडा आप्रवासी भिसा नीति अदालतबाट खारेज
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
भर्तापुरमा रास्वपाको पहिलो टोल भेला सम्पन्न, ११ सदस्यीय टोल समिति गठन
-
३ वर्षीय बालिका गरिमा चौधरीको हत्याको विरोधमा कपिलवस्तुमा प्रदर्शन
-
कपिलवस्तुमा २३० लिटर घरेलु मदिरा बरामद गरी नष्ट
-
बुटवलमा जुवा खेल्ने र खेलाउने ११ जना पक्राउ
-
१० वर्षीया बालिकामाथि जबरजस्ती करणी, १६ वर्षीय किशोर पक्राउ
-
अर्घाखाँचीमा जंगली जनावरको सिकार गर्न लाइसेन्स बाँडिदै, गरियो निवेदन आह्वान






प्रतिक्रिया