

बुटवल कालिकापथमा एक युवामाथि छुरा प्रहार



बुटवलको कालिकापथमा मंगलबार राति एक युवामाथि छुरा प्रहार भएको छ । स्थानीय युवाहरूबीच भएको झगडामा एक युवकमाथि छुरा प्रहार भएको हो । छुरा प्रहारबाट बुटवल उपमहानगरपालिका वडा नम्बर–३ का सागर थापा गम्भीर घाइते भएका छन् ।
उनको दायाँ कोखामा चक्कु प्रहार भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले चक्कु प्रहार गर्ने दुई जनालाई पक्राउ गरिएको बताए ।
पक्राउ पर्नेमा बुटवल उपमहानगर ३ का सुजन गलामी र युवराज पुन रहेका छन् ।
बुटवलको कालिकापथलाई रात्रिकालीन बजारको रूपमा विकास गर्ने योजना अघि सारिएको छ । तर, अपराधका घटना बढदा पर्यटन व्यसायी त्रसित बनेका छन् ।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया