मोतिपुर प्रगतिशिल युवा क्लद्धारा होली मिलान


कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्रब ७ स्थित मोतिपुर प्रगतिशिल युवा क्लवले होली मिलान तथा सांस्कृतिक कार्यक्रम गरेको छ ।

बाणगंगा ७ मोतिपुर स्थित क्लवले रङहरुको पर्व होलीको अवसरमा कार्यक्रम गरेको क्लवका अध्यक्ष शंकर प्रसाद न्यौपानेले जानकारी साझाकुरालाई दिनुभएको छ । कार्यक्रममा क्लवका अध्यक्ष न्यौपानेको अध्यक्षतासहित कार्यक्रममा फुलबारी सामुदायिक वनका अध्यक्ष जयलाल गिरीको प्रमुख आतिथ्यता रहेको थियो ।

स्तै कर्याक्रममा वडा नम्बर ७ का महिला वडा सदस्य साबित्रा थारुको विशिष्ठ आतिथ्यतासहित मोतिपुर खानेपानी तथा सरसफाई उपभोक्ता समुहका अध्यक्ष शेषकान्त बेल्वासे, टोलवाकास संस्थाका अध्यक्षहरु प्रदिप क्षेत्री, कृष्ण गैरे लगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा उपस्थित सबैले होली पर्वको अवसरमा शुभाकामना साटासाट गरेका छन् ।

प्रतिक्रिया

खबर सबै