

बुटवलमा छाडा चाैपायाकाे व्यवस्थापन सुरु



उपमहानगरपालिकाले सडकका छाडा चौपाया व्यवस्थापन सुरू गरेको छ।
शुक्रबार बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयको नेतृत्वमा बुटवलका विभिन्न चोकबाट नियन्त्रणमा लिएका छाडा चौपाया शिवनगरस्थित गौशालामा लगिएको हो।
पहिलो चरणमा बुटवलका वडा नम्बर ३ देखि ११ सम्मका छाडा चौपायालाई गौशालामा लगिएको र व्यवस्थापनको काम सुरू भएको प्रमुख पाण्डेयले बताए। पहिलो दिन करिब ४ सय गाई-गोरुलाई गौशालामा राखिएको छ।
उपमहानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, नगर प्रहरी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारण समेतले छाडा चौपाया नियन्त्रण गर्न सघाएका थिए।
अब दैनिक रूपमा अभियान सञ्चालन गरेर सडकबाट गाई-गोरु हटाइने नगरप्रमुख पाण्डेयले बताए।
‘बुटवल सबैतिरको केन्द्रविन्दु भएकाले यहाँ अन्यत्रबाट धेरै गाई-गोरु आउने गरेका छन्,’ उनले भने, ‘अहिले हामीले बुटवलभित्र रहेका गाई-गोरुको व्यवस्थापन गर्छौं, त्यसपछि हाम्रा मुख्य प्रवेश नाकाहरूमा निगरानी गर्ने र सहरभित्र गाई-गोरु ल्याउन रोक्ने काम पनि गरिनेछ।’
सडकमा गाई-गोरु देखेमा शिवनगर गौशालामा पुर्याउन वा उपमहानगरपालिका र वडा कार्यालयलाई खबर गर्न उपमहानगरपालिकाले आग्रह गरेको छ। उनले सडकमा गाई-गोरुको संख्या बढ्दै जाँदा दुर्घटना बढेको र असुरक्षित भएकाले अभियानकै रूपमा सञ्चालन गरेको बताए।
‘यो अभियानमा हामीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न संघसंस्था, स्वयमसेवक र बुटवलबासीको साथ पाएका छौं,’ उनले भने, ‘यसले बुटवललाई थप व्यवस्थित बनाउनेछ।’
Ncell
उपप्रमुख सावित्रादेवी अर्यालले नगरलाई थप व्यवस्थित र सुन्दर बनाउनका लागि छाडा चौपाया व्यवस्थापन थालिएको बताइन्। उनले यो अभियानमा सहभागी हुन बुटवलबासीलाई आह्वान गरिन्।
प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बुटवलको मुख्य चुनौतीका रूपमा रहेको छाडा चौपाया व्यवस्थापनको काम सुरू भएको र त्यसको व्यवस्थापनको लागि सबै तयारी भएको बताए। उनले गौशालामा गाई-गोरूका लागि दाना र परालको व्यवस्था गरी हेरालु समेत राखिएको बताए।


खबर सबै
-
बलिङमा पुनरागमन गर्दै नेपालको जित, लिग २ मा छैटौं स्थान पक्का
-
कपिलवस्तुमा एकै बिहान साढे ४ लाखका अवैध सामान बरामद
-
सखिया नाचले थारु गाउँबस्ती गुञ्जयमान
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
दशैँका बेला अवैध कारोबार, कपिलवस्तुमा साढे चार लाख बढीका सामान बरामद
-
गोली प्रहार गरी फरार व्यक्ति प्रहरीको फन्दामा
-
कपिलवस्तुमा निकालियो ५१३ दुर्गा भगवतीको मूर्ति
-
कपिलवस्तुमा मध्यराति आगलागी, गोठ जले, पशुको मृत्यु
-
वाणगंगा नगरपालिकामा बालमैत्री सहजकर्तामाथि विभेदपूर्ण व्यवहार भएको गुनासो
-
बढ्दो चोरीका घटनापछि बनगाई बजारमा सीसीटीभी जडान, सुरक्षामा व्यवसायीको पहल







प्रतिक्रिया