

आशा लघुबित्तद्वारा बित्तिय साक्षरता तालिम प्रदान



रामबहादुर गन्धर्व, कपिलवस्तु । आशा लघुवित्त वित्तीय संस्था लि. बाणगंगा ७ बनगाई द्वारा केन्द्र प्रमुखहरूलाई एक दिने वित्तीय साक्षरता तालिम प्रदान गरेको छ भने गोष्ठी सम्पन्न गरेको छ। कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न।८चप्परगाउँमा समूहका केन्द्र प्रमुहरूलाई लक्षित गरि कार्यक्रमको आयोजना हो ।
कार्यक्रममा वित्तीय साक्षरताको उद्वेश्य ,महत्त्वको बारेमा बुझाइएको थियोे । कम्पनी ऐन २०६३ अन्तर्गत कम्पनी रजिस्ट्रार कार्यालयमा २०७३ साल बैशाख ५ गते दर्ता भई ४५ जिल्लाको ३३९ वटा कार्य क्षेत्र बनाएको छ भने कार्यालय संख्या १४४ कर्मचारी संख्या ५५४ कुल केन्द्र संख्या १ लाख ३४ हजार ४ सय ३७ ,ऋणी संख्या ६३ हजार ५ सय ४० रहेको जानकारी दिदै स्रोत ,खर्च ,बचत आयश्रोत ब्यस्थापनको गर्दै कार्ययोजना बनाउन सुझाव दिइएको थियो ।
साथै कार्यक्रममा संस्थाबाट कर्जा लिंदा ध्यान दिनुपर्ने कुराहरू ,संस्थाका सेवासुविधाका बारेमा बताउदै तालिममा सिकेका ज्ञानसिप आ (आफ्नो समुहमा कार्यान्वयन गर्न पर्नेमा जोड दिईएको छ। यसै बिच संस्थाले उत्कृष्ट हुने केन्द्रहरू ,बचतकर्ता र केन्द्र सदस्यका छात्रालाई स्थाननुसारको पुरस्कार समेत प्रदान गरेको थियो । यसरी पुरस्कृत हुनेहरूमा बभनी महिला केन्द्र प्रथम ,लगनशील आशा महिला केन्द्र द्वितीय ,बुद्वभुमि आशा महिला केन्द्र तृतीय स्थान हाँसिल गरेका छन् भने अन्य सान्त्वना स्थान भएका छन् ।
त्यस्तै समूह नं ५ कि केन्द्र प्रमुख रिता खनाल उत्कृष्ट बचतकर्ताको पुरस्कार प्राप्त गरेकी छन् भने सोही समूहका सदस्य इशाकला बि=.क. को छोरी सरिता बि. क. प्लस टुमा उत्कृष्ट भएको हुँदा रू. पाँच हजार नगद सहित सम्मान गरेको छ । ८० बढी केन्द्र प्रमुख रहेको कार्यक्रम राधा पौडेलको अध्यक्षता ,सुर्यनारायण पुरीको प्रमुख ,सहजीकरण ,सिमा चौधरीको प्रतिज्ञा र महेश गुप्ताको सञ्चालनमा सम्पन्न भएको थियो ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया