

नेपालको वैदेशिक व्यापारमा कमी, ८ महिनामा १ खर्बको मात्र निर्यात



नेपालको वैदेशिक व्यापारमा कमी आएको छ। गत वर्षको तुलनामा चालू आर्थिक वर्षको ८ महिनामा वस्तु निर्यात र आयात दुवै घटेको हो।
भन्सार विभागका अनुसार फागुन मसान्तसम्ममा १० खर्ब ३० अर्ब रुपैयाँबराबरको वस्तु आयात भएको छ। गत वर्षको यही अवधिमा १० खर्ब ५८ अर्ब रुपैयाँबराबरको आयात भएको थियो। २ दशमलव ६६ प्रतिशतले वस्तु आयात घटेको हो।
त्यसैगरी फागुन मसान्तसम्ममा १ खर्ब ६१ करोड रुपैयाँको मात्र वस्तु निर्यात भएको छ। गत वर्ष यही अवधिमा १ खर्ब ४ अर्ब ७९ करोड रुपैयाँबराबरको वस्तु निर्यात भएको थियो। निर्यात ३ दशमलव ९९ प्रतिशतले घटेको हो।
यता नेपालको वैदेशिक व्यापार समेत ३३ अर्बले घटेको छ। नेपालले चालू आवमा ११ खर्ब ३० अर्ब रुपैयाँको मात्रै वैदेशिक व्यापार गरेको छ।गत आर्थिक वर्षको फागुनसम्ममा ११ खर्ब ६३ अर्ब रुपैयाँबराबरको वैदेशिक व्यापार भएको थियो।


खबर सबै
-
कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु
-
एनपीएल आजदेखि, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
-
एनपीएलको उद्घाटन प्रधानमन्त्री बालेनले गर्ने
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
१३ तले आकाशदेवी मन्दिर समुदायलाई हस्तान्तरण
-
कृष्णनगरमा दुर्गा मूर्ति विसर्जन शान्तिपूर्ण, सद्भाव बिथोल्न खोजेको आरोपमा पाँच जना पक्राउ
-
एनपीएल तेस्रो संस्करणमा के–के नयाँ छ ?
-
रवि लामिछाने भाकल गरेकाे ‘कैँची धाम’ जहाँ स्टिभ जब्स देखि जुर्कबर्ग सम्म् पुगे
-
नेपालमा फेरि मौसम बदलीको संकेत, एनपीएलमा प्रभाव पर्छ ?
-
कपिलवस्तुका रौनक सहित १९ वर्षमुनिको एशिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा







प्रतिक्रिया