

नेपालको वैदेशिक व्यापारमा कमी, ८ महिनामा १ खर्बको मात्र निर्यात



नेपालको वैदेशिक व्यापारमा कमी आएको छ। गत वर्षको तुलनामा चालू आर्थिक वर्षको ८ महिनामा वस्तु निर्यात र आयात दुवै घटेको हो।
भन्सार विभागका अनुसार फागुन मसान्तसम्ममा १० खर्ब ३० अर्ब रुपैयाँबराबरको वस्तु आयात भएको छ। गत वर्षको यही अवधिमा १० खर्ब ५८ अर्ब रुपैयाँबराबरको आयात भएको थियो। २ दशमलव ६६ प्रतिशतले वस्तु आयात घटेको हो।
त्यसैगरी फागुन मसान्तसम्ममा १ खर्ब ६१ करोड रुपैयाँको मात्र वस्तु निर्यात भएको छ। गत वर्ष यही अवधिमा १ खर्ब ४ अर्ब ७९ करोड रुपैयाँबराबरको वस्तु निर्यात भएको थियो। निर्यात ३ दशमलव ९९ प्रतिशतले घटेको हो।
यता नेपालको वैदेशिक व्यापार समेत ३३ अर्बले घटेको छ। नेपालले चालू आवमा ११ खर्ब ३० अर्ब रुपैयाँको मात्रै वैदेशिक व्यापार गरेको छ।गत आर्थिक वर्षको फागुनसम्ममा ११ खर्ब ६३ अर्ब रुपैयाँबराबरको वैदेशिक व्यापार भएको थियो।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया