दधि स्मृति साहित्य समाजको कवि गोष्ठी, आधा दर्जन बढी साहित्यकार भए सम्मानित

साझाकुरा, कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा बृहत कवि गोष्टी, स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न गरिएको छ । बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड स्थित कपिल आरोग्य मन्दिर कपिलधाममा दघि स्मृति साहित्य समाज कपिलवस्तुको अयोाजनामा कार्यक्रम सम्पन्न भएको हो । कपिलवस्तु सहित देशका विभिन्न जिल्लाका ७ जना साहित्यकार तथा कविहरुलाई विभिन्न पुरस्कार तथा सम्मान प्रदान गरिएको छ ।

कार्यक्रममा साहित्यकार कविता अधिकारीलाई बाल साहित्य पुरस्कार प्रदान गरिएको छ । साहित्यकार अधिकारीका कविताको कविताका संग्रह लगाएतका कविता प्रकाशित रहेका छन् । यस्तै साहित्यकार ठाकुर पोख्रेललाई बासुदेव साहित्य पुरस्कार प्रदान गरिएको छ । पोख्रेलका गरिबको आँसु लगाएतका संग्रह प्रकाशित छन् ।

यस्तै अर्घाखाँचीका कवि अमृत भुसाल पीयूषलाई दधि स्मृति आख्यान पुरस्कार प्रदान गरिएको छ । उहाँको सिखा उपान्यास प्रकाशित छ । यस्तै सोही कार्यक्रममा साहित्यकार कृष्ण प्रसाद पाण्डेलाई दधि स्मृति साहित्य श्री पुरस्कार प्रदान गरिएको छ । उहाँका बेदनाका फूलहरु लगाएतका कवितासंग्रह प्रकाशित छन् ।

कार्यक्रममा चितवनका साहित्यकार गिरीराज डल्लाकोटीलाई दधि स्मृति साहित्य साधक पुरस्कार प्रदान गरिएको छ । उहाँको गजल सिखा गजल संग्रह प्रख्यात छ भने साहित्यकार स्यामबहादुर भावुकलाई दधि स्मृति साहित्य रत्न पुरस्कारले सम्मान गरिएको छ । उहाँका अधुरो सपना २०५२ लगाएतका साहित्यिक कृति प्रकाशित भएका छन् । कार्यक्रममा कवि रुद्र ज्ञवालीलाई दधि स्मृति शिवतुलसा साहित्य पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रममा कपिलवस्तुसहित सम्मानित स्रष्टाहरुले विभिन्न आफ्ना रचना वाचन गरेका थिए । विभिन्न कविता, गजल र आख्यानहरु कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी जङ्गबहादुर शाहले साहित्य, संगीत र कला एक अर्काका पर्याय हुन् भन्ने कुरा कसैले भुल्न नहुने बताउनु भयो । उहाँले हामी आफैंले भाषा साहित्यलाई अधोगति तिर लगेकोले अब साहित्यकारदेखी सत्तामा रहेका सबैले जगेर्ना गर्न लागिपर्नु पर्ने स्पष्ट पार्नुभयो । संस्कृत र नेपाली भाषालाई हामिले नजिकबाट केलाउदै कथ्य र लेख्यमा ध्यान दिन आग्रह गर्नुभयो । नेपाली भाषा, साहित्य, कला सङ्गीत नहुने मान्छे पशु सरह हुने भएकोले कुनै न कुना कला लिएर ज्युनु पर्ने बताउनुभयो ।

यस्तै कार्यक्रमका विशिष्ट अतिथी रामचन्द्र श्रेष्ठले साहित्य लेख्न एकदम लगाव आवश्यक रहने बताउनुभयो । उहाँले कविता लेख्न गाह्रो हुने हुनाले साधनामा लाग्नुपर्ने तर्क राख्दै हामी सबै सक्षम छौँ, हामिभित्र साहित्यको रश्मि रहेकोले त्यसलाइ उजागर गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सम्मानित स्रष्टा गिरिराज डल्लाकोटीले साहित्य आफ्नो मुटुको ढुकढुकी रहेकोले आफुले साहित्यलाइ शिरमा राखेको स्पष्ट पार्दै ; उहाँले प्रबिधा ञकोपिलाझ को बारेमा समेत जानकारी दिनुभयो ।

यस्तैगरि धातानन्द भुसालले साहित्य रोगको औषधि भएकोले यसको रसपान गर्दा केही रोग समेत निको हुने कुरा व्यक्त गर्नुभयो ।साहित्य समाजको ऐना भएकोले सबैले नेपाली भाषा साहित्यलाइ जगेर्ना गर्नु आवश्यक रहेको बताउनुभयो ।

यस्तै कार्यक्रममा संस्थाका सह सचिव राधा पाण्डे, प्रबिण अधिकारी, सन्ध्या खनाल, रामप्रकाश चौधरी, मोहन पन्थी, टङकप्रसाद आचार्य लगायत २ दर्जन बढी साहित्यकारहरुले आआफ्ना रचना वाचन गर्नुभएको थियो ।

संस्थाका अध्यक्ष लेखनाथ घिमिरेको अध्यक्षता, सचीव सुशील अर्यालको स्वागत मन्तब्य रहेको कार्यक्रम उपाध्यक्ष दुर्गाप्रसाद अधिकारीको संचालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया

खबर सबै