आज दिनभर देशमा : ‘नयाँ मन्त्रीले लिएको सपथ देखि पाकिस्तानमा शिक्षकद्वारा आफ्नै छात्रालाई एसिड प्रहार सम्म’

नवनियुक्त तीन मन्त्रीले सपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन जना बिना विभागीय मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका हुन् । राष्ट्रपति भवनमा आयोजित सपथ समारोहमा बिना विभागीय मन्त्रीहरु नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, नेकपा ९(एमाले) का पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्यालले सोमबार पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

नयाँ गठबन्धनको नयाँ हिसाब स् ओली र प्रचण्ड दुई(दुई वर्ष प्रधानमन्त्री, गृहमा रविको दाबी

नयाँ बनेको सत्ता गठबन्धनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल थप दुई वर्ष प्रधानमन्त्री बन्ने भएका छन् । यस्तै उनको दुई वर्ष पूरा भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री दिनेबारे छलफल भएको छ ।

प्रधानमन्त्रीले सम्हाले २१ मन्त्रालय

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा सहभागी सबै मन्त्रीहरूलाई पदमुक्त गरेका छन् । कांग्रेससँगको सहकार्य तोडेर एमाले, रास्वपासहितको नयाँ सत्ता गठबन्धन बनाएका प्रधानमन्त्री प्रचण्डले यसअघिका बसै मन्त्रीलाई पदमुक्त गरेका हुन् । सरकारमा नयाँ गठबन्धनबाट तीन जनाले शपथ लिए पनि उनीहरूलाई कुनै जिम्मेवारी नतोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सोमबार साँझ माओवादीबाट हितबहादुर तामाङ, एमालेबाट पदम गिरी र रास्वपाका डोलप्रसाद अर्यालले सपथ लिएका छन् । राष्ट्रपति कार्यालयका अनुसार सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री दाहालले नै लिएका छन् ।

म हुन्जेल राजनीतिमा उथलपुथल भइरहन्छ स् प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई बुझ्न नसक्ने मान्छे भन्ने गरेको तर आफू कस्तो हो छलङ्ग भएको बताएका छन् । सहिद प्रतिष्ठान नेपालको आयोजनामा भएको कार्यक्रममा उनले आफू रहेसम्म राजनीतिमा उथल पुथल भइरहने समेत बताए ।

जसपा र जनमत दुबैको सर्त स् मधेसको नेतृत्व चाहियो

जनमत पार्टीले पनि मधेस प्रदेशमा आफू नेतृत्वको सरकार भएमात्रै संघीय सरकारमा सहभागी हुने अडान लिएको छ ।

जनमत पार्टीको सचिवालय बैठकले नयाँ सत्ता गठबन्धनमा सहभागी हुन आफ्नो पार्टीलाई मधेश प्रदेशको मुख्यमन्त्री दिनुपर्ने सर्त राखेको हो । यसअघि जनता समाजवादी पार्टी जसपा नेपालले पनि यस्तै सर्त अघि सारेको थियो ।

मधेसमा हाम्रै नेतृत्वको सरकार चाहियो, यत्तिकै सरकारमा गइन्न स् जसपा प्रवक्ता सुमन
निवर्तमान कानुनमन्त्री गुरुङले छाडे सरकारी निवास

प्रधानमन्त्री पुष्पकम दाहाल प्रचण्डले सत्ता गठबन्धन परिवर्तन गरेसँगै नेपाली कांग्रेसका तर्फबाट मन्त्री बनेकाहरू अन्योलमा परेका छन् । राजीनामा पनि नदिने अडानमा रहेकामध्ये कांग्रेसबाट प्रतिनिधित्व गर्ने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले भने मन्त्री निवास छाडेका छन् ।

पछिल्ला घटनाक्रमबारे एकीकृत समाजवादी ‘पर्ख र हेर’ को मुडमा

नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहालले चालेका कदमबारे गुण र दोषका आधारमा आफ्ना नीति स्पष्ट पार्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपाल निवास कोटेश्वरमा बसेको समाजवादीको आकस्मिक सचिवालय बैठकले प्रधानमन्त्रीको कदम अप्रत्याशित भएको निष्कर्ष निकाल्दै गुण र दोषका आधारमा आफ्ना नीति स्पष्ट पार्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिडाले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा अस्थिरताको अर्को श्रृङ्खला थपियो : सांसद पौडेल

नेपाली कांग्रेसका युवा नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिक इतिहासमा अस्थिरताको अर्को श्रृङ्खला थपेको टिप्पणी गरेका छन् । सोमबार सामाजिक सञ्जालमा पोस्ट गर्दै नेता पौडेलले अहिले फेरिएको गठबन्धनले अस्थिरताको अर्को श्रृङ्खला थपेको भन्दै यसको नेतृत्व स्वयं प्रचण्डले गरेको टिप्पणी गरेका हुन् ।

राष्ट्रियसभाका नवनिर्वाचित सदस्यले लिए सपथ

राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । mनयाँ बानेश्वरस्थित संसद् भवनमा संघीय संसद् सचिवालयद्वारा आज आयोजित समारोहमा सभाका उपाध्यक्ष उर्मिला अर्यालले उनीहरूलाई सपथ दिलाएकी थिइन् ।

रुकुम पश्चिममा कोरोनाविरुद्धको ‘बुष्टर डोज’ खोप अभियान

रुकुम पश्चिममा आजदेखि यही फागुन २४ गतेसम्म कोरोनाविरुद्धको ‘बुष्टर डोज’ खोप अभियान सञ्चालन हुने भएको छ । जिल्लाका छ वटा स्थानीय तहमध्ये चार वटामा बुष्टर डोज खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय रुकुम पश्चिमका खोप सुपरभाइजर कृष्णा खड्काले जानकारी दिए।

पाकिस्तानमा शिक्षकद्वारा आफ्नै छात्रालाई एसिड प्रहार

पाकिस्तानको कराँची सहरमा एक शिक्षकले आफ्नै विद्यार्थीमाथि एसिड प्रहार गरेका छन् । सो घटनामा विद्यार्थी गम्भिर जलेका छन् र उनलाई अस्पताल भर्ना गरिएको छ । आरोपित शिक्षक भने पक्राउ परेका छन् ।

साफ यू–१६ महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई हरायो

साफ यू–१६ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटानलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज सम्पन्न खेलमा नेपालले भुटानलाई ३–० गोलअन्तरले पराजित गरेको हो । नेपालका लागि पूजा गिरी, भूमिका बुढाथोकी र ग्यान्सु डोल्मा लोले समान एक–एक गोल गरे । खेलको १४औँ मिनेटमा पूजाको गोलमार्फत नेपालले पहिलो अग्रता लियो । पूजाले गोल गरेको चार मिनेटपछि कप्तान भूमिकाले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् ।

एपीएफ क्लब झापा गोल्डकपको सेमिफाइनलमा

एपीएफ क्लब छैटौँ झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा बागमती युवा क्लबलाई पेनाल्टी सुटआउटमा ३ – ४ गोलअन्तरले हराउँदै एपीएफ विजयी भएको हो । खेलमा एपिएफका गोलरक्षक एन्जल श्रेष्ठ नायक बने । उनले बागमती युवा क्लबका निर्मल घिसिङ र अबि लामाको पेनाल्टी बचाए ।

प्रतिक्रिया